नेपालगन्ज २१ पुष : बाघ आतंकले त्रसित बनेको बाँकेको पूर्वपश्चिम महेन्द्रराजमार्गमा लुटेरा समुह सक्रिय भएको । बढ्दो बाघ आतंकलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाँके र बाँके राष्ट्रिय निकुञ्जले पूर्वपश्चिम महेन्द्र राजमार्गमा रातीको समयमा आवतजावतमा कडाई गरिरहेका बेला उक्त राजमार्गमा लुटेरा समुह सक्रिय भएको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्तीसोनारीको जंगलमा मंगलबार बेलुका सवारीसाधन रोकी जबरजस्ती लुटपाट गर्न खोज्ने ६ जनाको समुहलाई बाँके प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो । बाघ आतंकले सुनसान बनेको राजमार्ग त्यसैमा पछिल्लो समय बढेको बाक्लो कुहिरो र शीतलहरको मौका छोपी राजमार्गमा गुड्ने सवारीसाधन लुट्ने प्रयास प्रहरीले असफल गरेकोछ ।
मंगलबार बेलुका ७ बजेको समयमा पूर्वपश्चिम महेन्द्र राजमार्ग अगैयाभन्दा पूर्व सिक्टा, गाभरको जङ्गलमा गुड्ने सवारी साधनलाई रोकेर जबरजस्ती पैसा माग्ने ६ जनाको समुहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
दाङ घर बताउने दूर्गा टमटा, सन्तोष पहाडी लगायतका ६ जना युवाको समुहलाई प्रहरीले पक्राउ गरेको अगैया प्रहरी चौकीका ईन्चार्ज खकेन्द्र केसीले बताए ।
अगैया प्रहरी चौकीका ईन्चार्ज केसीका अनुसार उनीहरु अगैया भन्दा पुर्बतिर सिक्टा, गाभर जंगलमा गाडी रोकेर जबरजस्ती पैसा मागेको र नदिए ज्यान मार्ने धम्की दिदै लुटपात गरेका थिए ।
सो क्षेत्रको जङ्गलमा लुटेराको समुहले लुटपात गरिरहेको खबर एउटा कार र ट्रकवालाले प्रहरीलाई जानकारी दिएपछि तत्काल अगैया प्रहरी ईन्चार्ज केसीको कमाण्डमा गएको प्रहरीले पक्राउ गरेको हो । राजमार्गमा गुड्ने सवारीसाधन लुटपाट गर्न उक्त लुटेरा समुहले बा. १४ च. ३३०३ नम्बरको कार समेत प्रयोग गरेको छ ।
पक्राउ परेका ती लुटेरा समुहलाई थप कारबाहीको लागि ईलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाईएको प्रहरी ईन्चार्ज केसीले जानकारी दिए । ईन्चार्ज केसीका अनुसार लुटपाटमा संलग्न सबै युवाहरु २४÷२५ वर्ष उमेर समुहका रहेका छन् ।
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय