गैरेको ‘बलैगाउँदेखी बाकुसम्म’ विमोचन


गैरेको ‘बलैगाउँदेखी बाकुसम्म’ विमोचन

कोहलपुर २४ पुष : लेखक तथा नियात्राकार सागर गैरेको दोस्रो कृति ‘बलैगाउँदेखी बाकुसम्म’ शनिबार विमोचन गरिएको छ ।

कृतिविमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथि कथाकार तथा प्राज्ञ सनत रेग्मीले आफुले यो कृति पढेर एकपटक उडान भरेको बताए । उनले, लेखनमा फरक स्वाद र अनुभूति भएकाले आफु पनि लेखकसँगै धेरै ठाउँमा घुमेको बताए ।

कतिपय पुस्तकले तान्दैन, कपितपय पढ्नका लागि पढ्नुपर्छ तर, यो कृतिले सजिलै आफुलाई तानेको बताए । कथाकार रेग्मीले आफूले भ्रमण गरेको कुरालाई सजिलै पुस्तकमा उतार्न एकदमै गा¥हो हुने र त्यसलाई पनि कलात्मक तरिकाले पाठक सामु पस्किनु निकै चुनौती रहेको पनि बताए ।

कार्यक्रममा वक्ताका रूपमा बोल्दै समालोचक हरि सुवेदीले लेखक गैरेको फरक शैली भनेकै अरूको कुरालाई स्वीकार गर्दै, आत्मसात गर्दै जाने रहेको बताए । वस्तुपरक र आत्मपरक शैलीलाई लेखकले मिलाएर उतारेको बताउँदै अब संरचनाको हिसाबले नभई वजनका हिसाबले साहित्यको पाटो केलाउनु पर्ने धारणा राखे । उनको अघिल्लो पुस्तक ‘लकडाउन’ को तुलनामा यो कृति निकै अब्बल रहेको र सूचना प्रविधिको विकासले पुस्तक पढ्ने बानी हराउँदै गएको चिन्ता व्यक्त गर्दै पाठकहरुको पुस्तक पढ्न रुची बनाउने खालका कृतिहरु निकाल्न जरुरी रहेको उल्लेख गरे ।

Kids Festival 2022
kanti aarogya hospital
add

आफुले भोगेको, देखेको कुरालाई सकेसम्म सजिलो हुने तरिकाले पस्किने रहरले यो कृति जन्मिएको लेखक सागर गैरेले बताए । उनले भने, अर्काको किताब पढ्दा आफुसँग पनि यस्ता अनुभव भएकाले आफुले पनि लेख्न सक्छु भन्ने रहरले पुस्तकसम्म तानेको बताए । भन्दा जति सजिलो हुन्छ, त्यै कुरा लेखिसकेपछि पाठक भएर पढ्दा निकै आनन्द आउने बताए ।

नियात्राकार गैरे र समालोचक हरी सुवेदी बिच कृतिका बारेमा अन्तरक्रियामा कथाकार सुमित्रा न्यौपानले सहजिकरण गरेकी थिइन् ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष कपिल अन्जानले अबका दिनमा कोहलपुरको साहित्यलाई माथि उकास्न यस्ता खाले कार्यक्रमहरूलाई व्यापक निरन्तरता दिँदै थिएटर हल बनाउने सपनालाई सार्थक पार्न आफूहरू खट्ने बताए । स्थानीय साहित्यानुरागीहरूको बाक्लो उपस्थिती रहेको सो कार्यक्रम प्रतिष्ठानका सचिव बद्री ढकाल ‘हिरामणी’ले सञ्चालन गरेका थिए ।