वन मन्त्री हमालद्वारा शिलान्यास, विभिन्न ब्यक्तिद्वारा सहयोग घोषणा
नेपालगन्ज ५ फागुन : नेपालगन्जको न्यूरोडमा नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको शालिक निर्माण गरिदैंछ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–४ र २ वडाको सीमामा अवस्थित न्यूरोडमा भानुभक्तको अर्धकदको शालिक निर्माण गरिन लागेको हो ।
लुम्बिनी प्रदेश सरकारको वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमालले विहीबार विधिपूर्वक शालिक निर्माणको शिलान्यास गरेका हुन् ।
बाँकेका प्रदेश सभा सदस्य एबम ओलम्पियन तथा घरबारीटोलबासी समेत रहेका मन्त्री हमालले घरबारीटोल र देवाफुलबारीको सीमामा अवस्थित न्यूरोडमा निर्माणाधिन शालिकको शिलान्यास गर्दै प्रदेश सरकारको तर्फबाट हुनसक्ने सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
शालिक शिलान्यास कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री हमालले आदीकवि आचार्यले संस्कृतमा रहेको रामायणलाई नेपाली भाषामा रुपान्तरण गरि नेपाली भाषा र साहित्यका लागि गरेको योगदान नेपाली समाजका अविस्मरणीय रहेको टिप्पणी गरे ।
लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीद्वारा उक्त स्थानमा आदीकवि आचार्यको अर्धकदको शालिक निर्माण गरिदैँछ ।
लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीका चार्टर्ड अध्यक्ष शिव दाहालको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री हमालले आदीकवि आचार्यको शालिक निर्माणले यसक्षेत्रका कला, साहित्य लगायतको क्षेत्रमा समेत सकारात्मक सन्देश जाने भन्दै नेपालको पूर्वी क्षेत्रमा मात्र नभइ पश्चिम नेपालमा समेत आचार्यप्रतिको सम्मान दर्शाउने विश्वास ब्यक्त गरे ।
सो क्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रतिनिधी एवम वडा नम्बर २ का वडाअध्यक्ष सुनिलसिंह हमाल, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी, भानुभक्त चोक संरक्षण समितिका अध्यक्ष कृष्णप्रशाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जिवी ओली, लायन्सहरु श्याम शाक्य, मधुसुदन रिजाल, होमनाथ अधिकारी, मुकुट ढकाल, भेरी साहित्य समाजका केन्द्रिय अध्यक्ष हरिप्रसाद तिमिल्सिना लगायतले शालिक निर्माण कार्यको प्रंससा गर्दै आदीकवि आचार्यप्रति श्रद्धाभाव प्रकट गरेका थिए ।
आदीकवि भानुभक्त आचार्यप्रति श्रद्धाभाव र सम्मान देखाउँदै बाँकेमै पहिलो पटक २०७५ असारमा नेपालगन्जको न्यूरोडस्थित उक्त स्थानलाई भानुभक्त आचार्यको नाममा चोक नामाकरण गरिएको थियो ।
आचार्यको नाममा चोक नामाकरण भएसंगै आचार्यको हरेक वर्ष जन्मजयन्तिका अवसरमा उक्त स्थानमा दीपप्रज्वलन सहित साहित्य कार्यक्रम गरिदैं आएको चोक संरक्षण समितिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार चोक नामाकरणसहित शालिक निर्माणका लागि लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीलाई २०७७ चैत्र ३० गते बैठक गरि जिम्मेवारी दिइएको बताए ।
लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीका चार्डड अध्यक्ष दाहालका अनुसार चोकसंगै शालिक निर्माणका लागि १० लाख ९ हजार ५८४ रुपैयाँको बजेट स्टिमेट गरिएकोछ ।
आगामी ३–४ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरि कार्य अघि बढाइएकोछ । ‘आदीकवि भानुभक्त आचार्यको ढलोटबाट निर्मित अर्धकदको शालिक राखिनेछ, शालिकमा आचार्यले एउटा हातमा रामायणको पुस्तक र छाता ओढेको हुनेछ’ लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीका चार्टड अध्यक्ष दाहालले भने ।
दाहालका अनुसार आचार्यको शालिक नेपालमै निर्माण गरिनेछ । यहाँ सम्भव नभए भारतको दार्जलिङबाट शालिक निर्माण गरेर ल्याइनेछ । कुल ४ लाख ९० हजारको ढलोटबाट अर्धकदको शालिक निर्माण गर्ने गरि तयारी भएको उनले बताए ।

न्यूरोडको ग्रिनबेल्टमा ५० स्क्वार्यफुट क्षेत्रफलमा कुल १२ फिट ३० ईन्चको उचाई रहनेछ । जसमा जमिनबाट ७ फिट ३० इन्चको शालिक रहनेछ । शालिकको चारैतिर रेलिङसहितको गेट हुनेछ, माल्यार्पण गर्नका लागि खुड्किला सहित आर्कषक बनाइनेछ ।
शालिक शिलान्यासमा विभिन्न दातले स्वस्फूर्त सहयोग घोषणा गरे
लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीद्वारा निर्माण गरिन लागेको आदीकवि भानुभक्त आचार्यको शालिक निर्माणका लागि विभिन्न ब्यक्तिहरुले स्वस्फूर्त सहयोग घोषणा गरेकाछन् ।
भानुभक्त चोक संरक्षण समितिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले ब्यक्तिगतरुपमा २१ हजार सहयोग घोषणा गरे । यस्तै शिलान्यास कार्यक्रमका विशिष्ट अतिथि तथा वडानम्बर २ का वडाअध्यक्ष सुनिलसिंह हमालले ब्यक्तिगत २५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै वडा कार्यालयबाट समेत थप रकम सहयोग गर्ने वाचा गरे ।
यस्तै लायन्स श्याम शाक्यले ब्यक्तिगतरुपमा ११ हजार तथा एनएलएफबाट ५० हजार सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे भने अर्का लायन्स मधुसुदन रिजालले ११ हजार सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको शालिक निर्माणको जिम्मा लिएको लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीका चार्डट अध्यक्ष शिव दाहालले जानकारी दिए ।
उनका अनुसार शालिक निर्माणका लागि ११ हजार एक सय ११ रुपैयाँ र सो भन्दा बढि रकम सहयोग गर्ने दाताको नामावली शिलालेखमा राखिने बताए । शालिक निमार्ण सम्पन्न भएपश्चा खर्च, आम्दानीसहित हरहिसाबकिता भानुभक्त आचार्य चोक संरक्षण समितिलाई हस्तान्तरण गरिने उनले बताए ।
नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म विक्रम सम्वत् १९७१ मा तनहुँको चुँदी रम्घामा भएको थियो । आदिकवि आचार्यले संस्कृतमा रहेको रामायणलाई नेपाली भाषामा रुपान्तरण गरेका थिए ।
नेपाली भाषा र साहित्यका लागि उनको योगदान नेपाली समाजमा अविस्मरणीय रहेको छ । भारतको विभिन्न शहरमा समेत आदिकवि भानुभक्त आचार्यको शालिक निर्माण गरेर उनीप्रति उच्च सम्मान गरिदैं आएकोछ । भारतका विभिन्न शहरमा बसोबास गर्ने नेपाली भाषीहरुले नेपाली जातीय कविको रुपमा सम्मान गर्दै भानुभक्तको स्मरण गर्दै आएकाछन् ।
नेपालगन्ज हुँदै चीनको हिल्सासम्म : कर्णाली करिडोर यसरी जोडिनेछ एशियाली राजमार्गमा
हटाउने उपाय खोज्दै प्रधानमन्त्री, हेडक्वार्टरमा आइजिपीको अर्कै रणनीति
कर्णालीका हिमाली जिल्लाहरूमा हुनसक्छ भारी हिमपात, लुम्बिनी र सुदूरतिर वर्षाको चेतावनी
भएकाे एउटा दमकल जेनजीले जलाइदिए, अहिले घर-पसल जलिरहँदा पश्चिम दाङ चारै पालिकामा छैन दमकल
बाँकेका खेतमा सुगन्ध फैलाउँदै ‘कालानमक’
नागरिकताको प्रतिलिपि लिन अब आफ्नै जिल्ला धाउनुपर्दैन