एमसीसी विरुद्ध सडकमा राखियो प्रेसर कुकर बम, सेनाद्वारा डिस्पोज

पूर्वपश्चिम महेन्द्रराजमार्ग पुनः सुचारु


एमसीसी विरुद्ध सडकमा राखियो प्रेसर कुकर बम, सेनाद्वारा डिस्पोज

नेपालगन्ज ८ फागुन : अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन हुन लागेको भन्दै यतिबेला सडक आन्दोलन तातिएकोछ ।

एमसीसी संसदमा पेस गर्न सत्ता गठबन्धनका नेताहरू सहमत भएकाबेला दाङको लमहीमा अज्ञात समुहले राखेको प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज (निष्क्रिय) पारेको छ ।

आईतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको हो ।

दाङको पूर्व पश्चिम राजमार्ग किनारमा अज्ञात समूहले ‘नो एमसीसी’ लेखेर प्रेसर कुकर बम राखेको थियो । आईतबार नेपाली सेनाको टोलीले उक्त बम निष्क्रिय पारेको हो ।

Kids Festival 2022
kanti aarogya hospital

लमही नगरपालिका– ७ स्थित पूर्व पश्चिम राजमार्गको पदमिनी खोला नजिकै सडक किनारमा राखिएको शंकास्पद वस्तु (प्रेसर कुकर बम) फेला परेको खबर पाए लगत्तै नेपाली सेनाले डिस्पोज गरेको ईलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।

सडक किनारमा बम राखेको खबर पाएलगत्तै ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक राजीव श्रेष्ठ घटनास्थल पुगेका थिए ।

प्रेसर कुकरमा ‘नो एमसीसी’ लेखेर विद्युतका तारले जेलेर सडक किनारमा राखेको अवस्थामा उक्त वस्तुलाई नेपाली सेनाले जाँचपडताल गरि प्रेसर कुकर बम रहेको पाइएको थियो ।

नेपाली सेनाको रणसिंह दल गण घोराहीको बम डिस्पोजल टोलीका मेजर सन्तोष खत्रीको कमाण्ड खटेको टोलीले बम डिस्पोज गरेको थियो ।

पूर्वपश्चिम राजमार्गमा ‘नो एमसीसी’ लेखेर शंकास्पद बस्तु भेटिए लगत्तै सुरक्षाकर्मीले उक्त राजमार्गमा सवारीसाधन र सर्वसाधरणको आवागमन ठप्प पारेको थियो । सेनाले बम डिस्पोज गरे लगत्तै पूर्वपश्चिम महेन्द्रराजमार्ग पुनः सुचारु भएकोछ ।