जय सासु बुहारी !


जय सासु बुहारी !

समानता, समावेशी र सम्मानका कुरा गर्नेहरु
पहिला, आफ्ना घरबाट सम्मान र समानताका कुरा गर्न सिकौं ।

सासुले बुहारीलाई,
बुहारीले बुढी सासुलाई दुव्र्यवहार, अपमान गर्ने काम बन्द गर्न सिकौं ।
आफूले सबै जानेको अरु सबै बेकार भनि नठानी,
बुहारीले आफ्नो जिम्मेवारी पुरा गर्न सिकौं ।

छोरी, बुहारी हुदैँ सासु बन्यौं, जीवनलाई बुझ्यौ
छोरी हुदैं बुहारी छौं पछि अवश्य सासु बन्ने छौं
जीवनको चक्र हो, सबैको पालो आउँछ भनी बुझ्न सिकौं ।

सासु बुहारीले आफ्नो कमी कमजोरी सुधारेर माया गर्न सिकौं ।
माया र सम्मान खोज्नेले, पहिला सम्बन्धको महत्व बुझ्न सिकौं ।

Kids Festival 2022
kanti aarogya hospital
add

घरको हरेक छलफलमा बुहारीलाई समावेश गराउन सिकौं,
घरको सदस्य बन्न बुहारीले सम्बन्धको सम्मान र व्यवहारिक बन्न सिकौं ।

भोग्ने पीडा र समस्या दुबैको समान छ, एक अर्कालाई दोष दिने भन्दा मिलेर अगाडी बढ्न सिकौं ।
सासु पनि अरुको घरबाट आएको,
बुहारी पनि अरुकै घरबाट आएको
दुबै फुटेर होईन्, जुटेर घर बनाउन सिकौं
सौर्हादपूर्ण सम्बन्ध स्थापित गरी एक अर्काको साहारा बन्न सिकौं ।

आखिर तिमी पनि नारी, उनी पनि नारी, नारीको सम्मान गर्न सिकौं

जय सासु बुहारी !
जय नारीवाद !!
जय अन्तर्राष्ट्रिय महिला दिवस !!!

–हेमलता जिसी (कुवँर), नेपालगन्ज (हाल बुढानिलकण्ठ, काठमाण्डौ)

थप हेर्नुहोस्

मेरो बाबा