नेपालगन्ज: नेपालगन्जको मध्यभाग मानवबस्तीको ठीक बीचमा रहेको बाँके जिल्ला कारागारको सुरक्षा चुनौती र नागरिकको सुरक्षा चिन्ता अहिले बढ्दै गएको छ ।
कैदी, बन्दीको आचरण सुधारका लागि विक्रम संवत् २००० मा स्थापना गरिएको नेपालगन्जस्थित बाँके कारागारलाई नागरिकको सुरक्षाका दृष्टिकोणले पनि अन्यत्र सार्नुपर्ने सुरक्षा निकायका पदाधिकारी नै बताउँछन् ।
नेपालगन्ज शहर विस्तार हुने क्रमसँगै कारागारको क्षेत्र बाहिर मानव बस्ती पनि बाक्लिँदै गयो । बस्ती बाक्लिँदै गएपछि कारागार अहिले नेपालगन्जको ठीक बीच भागमा परेको छ । कारागार मानव बस्तीको बीचमा पर्दैमा जोखिम भई हाल्दैन । तर, भोली कुनै अप्रिय घटना भयो भने त्यसको जोखिममा त्यस क्षेत्र बाहिरमा नागरिक पर्नसक्ने सम्भावनालाई पनि नकार्न सकिँदैन ।
कारागारभित्र कुनै अप्रिय घटना भयो भने त्यसको त्रास बाहिर बस्तीका नागरिकमा पनि पर्न जाने गरेको छ । कैदी कैदीबीच पनि बेलाबखत हुने भैmँझगडाको अप्रत्यक्ष असर त्यस क्षेत्रका नागरिकमा पर्न जाने गरेको जेलर भरत पाण्डे बताउँछन् । कैदी बीचको झगडा नियन्त्रण गर्ने क्रममा केही वर्षअघि कारागार सुरक्षाकर्मीको गोली लागेर एक कैदीको मृत्युसमेत भएको थियो ।
विगतका यी घटना फेरि दोहोरिँदैनन् भनेर किटान गर्न नसक्ने भएकाले पनि कारागारलाई अन्यत्र सार्नुपर्ने आवाज नागरिक र प्रशासनिकस्तरबाट उठ्न थालेको छ ।
नेपालगन्ज–१० स्थित बाँके कारागारको भौतिक अवस्था पनि अहिले जीर्ण हुँदै गएको छ । स्थापना हुँदा बनेका दुई भवन र पर्खाल एकदमै पुराना भइसकेका छन् । कारागारमा कैदीको संख्या पनि बढ्दै गएको छ । कारागारको वरिपरिको वातावरण पनि एकदमै फोहर रहेको जेल पाण्डेले बताए ।
कारागारबाट निस्केको फोहर हाताभित्र फालिन्छ । ढल निकासको व्यवस्था पनि छैन । फोहर बढी भएकाले कैदी पनि अधिक संख्यामा बिरामी हुने गरेको कारागार प्रशासनको भनाइ छ । फोहरकै कारण कैदीको सुरक्षामा खटिएको सुरक्षाकर्मीलाई पनि सुरक्षा दिन अप्ठ्यारो हुने गरेको छ । यी सबै यावत् समस्याका कारण समग्रमा यसले सुरक्षा चुनौती अझै बढाएको उनी बताउँछन् ।
कारागार प्रशासनले कारागारको चारैतिर बलिया पर्खाल नभएको, कारागार घना बस्तीको बीचमा रहेको र क्षमताभन्दा बढी कैदी रहेकाले सुरक्षामा चुनौती थपिएको बताएको छ । सुरक्षा दिनका लागि कारागारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ५० जना सुरक्षाकर्मी खटिएका छन् ।
क्षमताभन्दा बढी कैदी, बन्दी राख्नुपर्ने बाध्यता, आधुनिक सुरक्षा प्रबन्धको अभाव र घनाबस्तीको बीचमा कारागार हुनुका कारण सुरक्षा चुनौती बढेको जानकार बताउँछन् ।
करिब १७ कठ्ठा पाँच धुर क्षेत्रफलमा रहेको बाँके कारागारको कैदी, बन्दी क्षमता ३ सय मात्र हो । तर, कारागारमा अहिले ७ सय १० कैदीबन्दी छन् । जसमा ६२ जना महिला छन् । मानव बस्ती बाक्लिँदै गएपछि तथा कैदी, बन्दीको अनुपातमा कारागारको भौतिक संरचना साँघुरो भएपछि सरकारले अहिले बाँके जिल्लाको गनापुरमा खुल्ला कारागार निर्माण गर्ने भनेपनि उक्त काम पूर्ण रुपमा अघि बढ्न सकेको छैन् ।
आठ बिघा क्षेत्रफलमा रहेको खुल्ला कारागारको दुई कोठा र ब्यारेक निर्माण कार्य सकिएपनि अन्य संरचना निर्माणमा ढिलाई भएको छ । बाँकेकै नौवस्तामा पनि १० बिघा क्षेत्रफलमा नेपालगन्ज कारागारको निर्माण कार्य थालिएको बषौं भयो । तर, निर्माण सम्पन्न हुन सकेको छैन् ।
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा