नेपालगन्जः वडा प्रहरी कार्यालय नेपालगन्जका ईन्चार्ज प्रहरी निरीक्षक नारायण डाँगी ‘पुलिस अफ द मन्थ’बाट पुरुस्कृत भएका छन् ।
प्रदेश नम्बर ५ प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख पिताम्बर अधिकारीले एक कार्यक्रमकाविच उनलाई जेष्ठ महिनाको उत्कृष्ट प्रहरीका रुपमा पुरस्कृत गरेका हुन् ।
लगनशील तथा कर्तब्यनिष्ठ भई आफ्नो जिम्मेवारी पुरा गर्दै अपराध अनुसन्धानमा प्रभावकारी भूमिका खेलेका प्रहरी निरीक्षक डाँगीलाई प्रमाणपत्र सहित पुरस्कृत गरिएको वडा प्रहरी कार्यालय जनाएको छ ।
नेपालगन्ज नगरको शान्ति सुरक्षाका लागि प्रहरी निरीक्षक डाँगीको नेतृत्वमा विशेष सुरक्षा योजना बनाइ आम नागरिकको सुरक्षामा उनी रातदिन खटिदै आएका छन् ।
आफू र आफ्नो मातहतका प्रहरी कर्मचारीहरुलाई प्रभावकारीरुपमा परिचालन गर्दै आम नागरिक माझ प्रहरी संगठनको छवि उच्च गराउने कार्य गरेको हुदाँ वडा प्रहरी कार्यालय नेपालगन्ज दरवन्दी भई कार्यरत प्रहरी निरीक्षक नारायण डाँगीलाई कदर स्वरुप २०७६ सालको जेठ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको प्रदेश ५ प्रहरी कार्यालय तुलसीपुरले जनाएकोछ ।
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा