नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिकामा धमाधम बाटो बनिरहेका छन् । गाउँगाउँमा ६ मिटर चौडा पक्की बाटो बनेपछि स्थानीय खुसी भएका छन् । वडा नम्बर ५ जमुनीमा गत बर्ष हुलाकी सडकबाट गाउँ जोड्ने ६ मिटर चौडाईको ५ सय मिटर लामो पक्की बाटो बनाएको गाउँपालिकाले यो बर्ष स्थानीयका घरहरु नै भत्काएर नालीसहितको थप १ किलोमिटर पक्की बाटो बनाएको हो ।
शुरुमा घर भत्काएर बाटो बनाउन आनाकानी गरेका स्थानीयले गाउँमै गाडी छिर्ने पक्की बाटो बन्ने भएपछि गाउँपालिकालाई साथ दिएको अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।
घर अगाडि गाडी नै गुड्ने पक्की बाटो बनेपछि स्थानीय अहिले खुसी भएको अध्यक्ष शाहले बताए । हुलाकी सडकबाट भारतीय सीमा जोड्ने पक्की बाटो बनाउने योजना अन्तर्गत् ६ वटै वडामा गत बर्षदेखि पक्की बाटो निर्माण भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।
वडा नम्बर पाँचको नयाँ बस्तीमा पनि यसै बर्ष पक्की बाटो बनेको छ । कच्ची बाटो भएको ठाउँमा बाटो चौडा गरी पक्की बनाउने र सडक नै नभएको ठाउँमा धमाधम नयाँ सडक बनाउने काम भइरहेको अध्यक्ष शाहले बताए । भारतीय बाटो भएर जानुपर्ने वडा नम्बर २ रोशनपुर्वामा पनि यसै वर्ष लम्बरी जग्गामै कच्ची बाटो बनाइएको वडा नम्बर २ का वडा अध्यक्ष मसुद अहमद शाहले बताए ।
त्यस्तै वडा नम्बर ५ को मटेहिया महादेवनगर जाने बाटो पनि भर्खरै बनाइएको अध्यक्ष शाहले जानकारी दिए । सडक सञ्जालले गाउँपालिकाका हरेक वडा, गाउँ र बस्तीलाई नजोड्दासम्म विकास सम्भव नहुने भएकाले वाटो निर्माणलाई गाउँपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिकाका अध्यक्ष शाहले बताए ।
नेपालगन्जदेखि नरैनापुरको कट्कुइँया जोड्ने ४४ किलोमिटर लामो हुलाकी सडक पनि धमाधम बनिरहेको छ ।
हुलाकी सडक कालोपत्रेको काम हाल वडा नम्बर ६ गंगापुरको भोजपुरसम्म सम्पन्न हुने क्रममा रहेको छ । यो सडक बनिरहे संगै नरैनापुरदेखि नेपालगन्जसम्मको सडक सम्पर्क सहज बनेको छ ।
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा