गुठी विधेयक फिर्ता लिएको सरकारको घोषणा


गुठी विधेयक फिर्ता लिएको सरकारको घोषणा

नेपालगन्ज :सरकारले गुठी विधेयक फिर्ता लिएकोछ । चौतर्फी दबावपछि सरकारले गुठी विधेयक फिर्ता लिएको हो ।

भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले मङ्गलबार पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन् । यो विधेयक राष्ट्रियसभामा दर्ता भएको थियो । तर, गुठी मास्ने गरी विधेयक ल्याएको भन्दै चौतर्फी विरोध भइरहेको छ ।

विधेयकलाई लिएर भ्रम सिजर्ना गर्ने र वातावरण विथोल्ने कोसिस भएकाले सम्वन्धित सरोकारवालासँग थप छलफल आवश्यक देखिएको मन्त्री अर्यालले बताइन् ।