नेपालगन्ज विमानस्थलमा बुद्ध एयरको जहाजसंग खरायो ठोक्कियो


नेपालगन्ज विमानस्थलमा बुद्ध एयरको जहाजसंग खरायो ठोक्कियो

File Photo

नेपालगन्ज २१ चैत्र : नेपालगन्ज विमानस्थलमा जहाजसंग खरायो ठोक्किएकोछ ।

काठमाण्डौंबाट नेपालगन्ज आएको बुद्ध एयरको जहाज अवतरण गर्नेक्रममा खरायो ठोक्किएको हो । घटना सोमबार राती करिब पौने आठ बजेको हो ।

बुद्ध एयर नेपालगन्जका व्यवस्थापक विनित शाहले जहाज अवतरण हुनेक्रममा खरायो ठोक्किएको पुष्टि गरे । अवतरण गरिरहेको जहाजमा ठोक्किएको खरायो मरेकोछ । तर, जहाजमा कुनै क्षति भएन ।

जहाजमा खरायो ठकोक्किएपछि केही बेर उडान रोकिएको र पुनः शुरु भएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

नेपालगन्ज विमानस्थलमा यसअघि पटकपटक जहाजमा बँदेल ठोक्एिको थियो । बँदेल ठोक्किने क्रम बढेपछि विमानस्थल कार्यालयले धावनमार्ग नजिकको झाडी सफाई समेत गरेको थियो ।

विमानस्थल कार्यालयमा झाडी सफाईका लागि समेत बजेट नआउँदा नियमित सफाई हुन सकेको छैन । भने यसअघि नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले झाडी सफाई गरिदिएकोमा पछि विमानस्थल कार्यालयले मजदुर लगाएर सफाई गरेको थियो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० राँझा स्थित नेपालगन्ज विमानस्थलको पूर्वतर्फ जङ्गल रहेकोछ ।

जङ्गलसंगै आसपास मानव बस्ती र खेतीयोग्य जमिन रहेकाले बेलाबखत वन्यजन्तु नेपालगन्ज विमानस्थलमा आउने गरेकोछ ।

यसअघिपनि धावनमार्गमै बँदेलसंग विमान ठोक्किन पुगेको थियो । भने पटक–पटक बँदेल, स्याल लगायतका वन्यजन्तु विमानस्थल क्षेत्रमा देखिने गरेका छन् ।

थप समाचार

हुम्लाका लागि उड्दै गरेको विमानसंग ठोक्किदा ३ वटा बँदेल टुक्राटुक्रा भए, डेढ घण्टापछि विमानस्थल पुनः सुचारु