नेपालगन्ज १६ कार्तिक : नेपालगन्जको राँझा स्थित विमानस्थलको धावनमार्गमै बँदेलसंग विमान ठोक्किएपछि अबरुद्ध बनेको विमानस्थल सञ्चालनमा आएकोछ । नेपालगन्जबाट हुम्ला, सिमकोटका लागि उडान भर्दै गरेको सिता एयरको ९एन–एएचबी नम्बरको जहाजसँग मंगलबार बिहान तीन वटा बँदेल ठोक्किएपछि विमानस्थल अवरुद्ध बनेको थियो ।
नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख सुवास झाका अनुसार विमानसंग बँदेल ठोक्किएर बँदेलको मासु धावन मार्गभरी छरपस्ट बनेपछि करिब डेढ घण्टाका लागि बिमानस्थल बन्द गरिएको थियो ।
मङ्गलबार बिहान करिव ७ बजेदेखी ८ः३० मिनेटसम्म नेपालगन्ज विमानस्थलका सम्पुर्ण उडान बन्द गरिएको थियो । धावनमार्गमै छरपस्ट बँदेलको मासु र रगत सफा गरिसकेपछि अवरुद्ध बनेको नेपालगन्ज विमानस्थल डेढ घण्टापछि सञ्चालनमा आएको छ ।
अवरुद्ध भएको विमानस्थल बिहान ८ बजेर ३० मिनेटदेखी सञ्चालनमा आइसकेको झाले बताए ।

‘विमानस्थल अहिले सञ्चालनमा आइसकेको छ, धावनमार्ग सबै सफा गरेपछि सञ्चालनमा ल्याएका हौं,’ उनले भने । विमानस्थल सञ्चालन भएपछि काठमाडौंबाट बुद्ध, श्रीएयर लगायत कम्पनीका जहाज नेपालगन्ज आएर पनि काठमाडौं फर्किसकेको झाले बताए ।
प्रमुख झाका अनुसार मंगलबार बिहान करिव ७ बजेतिर चालक दलका सदस्यसहित १७ जना सवार सिता एयरको उक्त जहाज हुम्लाका लागि उडान भर्दै थियो ।
धावन मार्गमा गुडिरहेका बेलामा जहाजको चक्कामा समस्या आएको जस्तो महसुस भएपछि पाइलटले जहाजको उडान रोकी दुर्घटना हुनबाट जोगाएका थिए ।
जहाज रोकेर हेर्दा घटनास्थलमा तीन वटा बदेल टुक्रा–टुक्रा परेको अवस्थामा फेला परेका थिए । बदेलको मासु धावन मार्गभरी छरिएका कारण बिहान पानीले धोएर सफा गरिएको विमानस्थल कार्यालय प्रहरी इन्चार्ज, एवम् प्रहरी नायव निरीक्षक (सई) सन्तोष शाहले बताए ।
‘धावनमार्ग भरी मासु र रगत थियो, बिहान दमकलको पानीले सफा गर्यौं,’ शाहले भने ‘जहाजलाई पार्किङ क्षेत्रमा ल्याएर राखेका छौं, करिव डेढ घण्टा जति अवरुद्ध रहेको विमानस्थल सञ्चालनमा आइसकेको छ ।’
जहाजमा रहेका चालक दलका सदस्यसहित सबै यात्रु सकुशल रहेको र उक्त जहाजको उडान रद्ध भएका कारण यात्रुहरु घर फर्किएको विमानस्थल कार्यालयले जनाएको छ ।

जहाजसँग ठोक्किएका बदेललाई कानुनी प्रक्रिया पुरा गरी गाडिएको शाहले बताए । उनका अनुसार बिहान सिता एयरले उडान भर्नुअघि डोल्पाका लागि तारा र समिट एयरले उडान भरेका थिए । ‘तेस्रो उडान भर्दै गर्दा बदेल ठोक्किएको हो,’ उनले भने ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० राँझा स्थित नेपालगन्ज विमानस्थलको पूर्वतर्फ जङ्गल रहेकोछ । जङ्गलसंगै आसपास मानव बस्ती र खेतीयोग्य जमिन रहेकाले बेलाबखत वन्यजन्तु नेपालगन्ज विमानस्थलमा आउने गरेकोछ । यसअघिपनि धावनमार्गमै बँदेलसंग विमान ठोक्किन पुगेको थियो । भने पटक–पटक बँदेल, स्याल लगायतका वन्यजन्तु विमानस्थल क्षेत्रमा देखिने गरेका छन् ।
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह