लाइसेन्सको नतिजा परीक्षास्थलमै


लाइसेन्सको नतिजा परीक्षास्थलमै

तस्विरः गुगलबाट

नेपालगन्ज : यातायात व्यवस्था कार्यालय नेपालगन्जले चालक अनुमतिपत्र परीक्षास्थलमै नतिजा सार्वजनिक गर्न सुरु गरेको छ ।

प्रयोगात्मक परीक्षालाई व्यवस्थित गर्ने उद्देश्यले परीक्षा दिएकै दिन नतिजा प्रकाशन सुरु गरेको कार्यालयले जनाएको छ ।

सवारी चालक अनुमति पत्रको लागि ट्रायल दिइसकेपछि बेलुका सोही ठाउँबाटै नतिजा प्रकाशन गर्ने गरिएको कार्यालय प्रमुख गोपाल शर्मा बताउँछन् ।
कार्यालयले परीक्षालाई मर्यादित र पादरर्शी बनाउन सीसी क्यामेरा जडान गर्ने तयारी गरिरहेको पनि उनले जानकारी दिए ।

सिसी क्यामेरा जडान भएपछि यातायातको चालक अनुमति पत्रको परीक्षा भरपर्दाे, व्यवस्थित बन्ने भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकाय बताउँछन् ।

ट्रायलस्थल पुरै कभरेज गर्न पाँच स्थानमा सीसी क्यामेरा जडान गरिएको छ । सबै क्षेत्रमा क्यामेरा राखिने छ उनले भने, ‘ट्रायलस्थलमा नै कन्ट्रोल रुम र मोबाइल एप्सबाट पनि त्यसको निगरानी गर्न थालिने भएको छ ।’ खुला क्षेत्र भएकाले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै निगरानीका लागि सीसी क्यामेरा जडान गरिने भएको हो ।