गरिब घर पहिचान कार्यक्रम लागू हुँदै


गरिब घर पहिचान कार्यक्रम लागू हुँदै

नेपालगन्ज : बाँकेमा गरिब घर परिवार पहिचान तथा गरिब परिचयपत्र वितरण कार्यक्रम सञ्चालन हुने भएको छ ।

भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोग र जिल्ला समन्वय समिति बाँकेको आयोजनामा सञ्चालन हुने भएको हो ।

कार्यक्रम चालु आर्थिक वर्षमा ७ वटै प्रदेशका १२ जिल्लामा सञ्चालन गर्ने तयारीमा रहको सो कार्यक्रम प्रदेश नरम्बर ५ मा भने बाँके जिल्लामा मात्र लागु हुने भएको छ । करिव पाँच महिनाको अवधी हुने सो कार्यक्रममा बाँकेका सबै घरधुरीमा गणक तथा सर्वेक्षक पुग्ने भएका छन् ।

बाँकेका सबै स्थानीय तहमा गणक ८० जना र १२ जना सुपरिवेक्षक छनौट गरी उनीहरुलाई असारको २५ गतेदेखि नै कार्यक्षेत्रमा खटाईने गरी तयारी गरिएको कार्यक्रमका प्रशिक्षक माधव डाँगीले बताए ।