निर्वाचन मिति नजिकिएसंगै निर्वाचन कार्यालयमा कामको चाप बढेकोछ । मत पेटिका सफा गर्दै जिल्ला निर्वाचन कार्यालय बाँकेका कर्मचारी । तस्विर: विजय मल्ल /सेतोखरी
नेपालगन्ज ९ वैशाख : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा निर्वाचनसँग सम्बन्धित काम बढ्दै गएका छन् । निर्वाचन कार्यालय बाँकेले अहिले निर्वाचनको तयारीलाई तीव्ररुपमा अगाडि बढाइरहेको छ । योसंगै निर्वाचन कार्यालय बाँकेको दैनिक कामको चाप बढेकोछ ।
आसन्न निर्वाचनलाई मध्य नजर गर्दै जिल्ला निर्वाचन कार्यालय बाँकेले हिजो बुधबार मात्रै मुख्य निर्वाचन अधिकृतको कार्यालय लगायत ८ वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन आयोगले बिहीबार शिक्षा विकास तथा समन्वय ईकाइ नेपालगन्जको नवनिर्मित भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरेको हो ।
बाँकेका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले कार्यालयको ब्यानर पढेर औपचारीक रुपमा उद्घघाटन गर्दै कार्यालय स्थापना भएको जानकारी दिए । उक्त कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीका साथै जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि र विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि बैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम राखेको छ । तर, कार्यालयलाई कामको व्यवस्थापन गर्न भने चुनौतिपूर्ण अवस्थाको सामना गर्नु परेको छ ।
जनशंक्ति प्रर्याप्त मात्रामा नभएपछि निर्वाचन कार्यालयलाई काममा असर परेको हो ।
आवश्यक जनशक्ति अभावका कारण निर्वाचन कार्यालय बाँकेलाई कामको दबाब पनि बढेको छ । बाँके जिल्ला निर्वाचन कार्यालय अहिले ७ जना कर्मचारी कार्यरत छन् । जुन निर्वाचन आयोग नेपालको केन्द्रियस्तरको नीतिअनुसार हो । तर, निर्वाचनको समय नजिकिँदै जाँदा दैनिक कामको चाप बढेपछि जनशक्तिको अभाव भएको हो ।
हाल निर्वाचन कार्यालय बाँकेमा निर्वाचन अधिकृत रमा पन्तसहित ७ जना कर्मचारी कार्यरत छन् । निर्वाचन कार्यालयमा ४ जना स्थायी हुन भने ३ जना करारमा छन् ।
निर्वाचन अधिकृत, लेखा शाखा प्रमुख, कम्प्युटर अपरेटर, नायब सुब्बा, सवारी चालक र २ जना कार्यालय सहयोगी गरी ७ जनाको दरबन्दी छ । तर, निर्वाचनको समयमा उपलब्ध जनशक्तिकै भरमा काम गर्नु परेको बाँके जिल्ला निर्वाचन कार्यालयकी निर्वाचन अधिकृत पन्त ।
उनले भनिन्, ‘निर्वाचन आयोग नेपालको नीतिअनुसार हामीले काम गर्नु पर्ने हुन्छ । कार्यालयमा कर्मचारी अभाव छ । तर, हामीले अन्य कार्यालयबाट कर्मचारी सहयोगमा लिन सक्ने व्यवस्था मिलाइरहेका छौं ।’
निर्वाचन अधिकृत पन्तका अनुसार तथ्यांक संकलन र अपडेटका बेला निर्वाचन आयोगले थप जनशक्ति परिचालन गरेर काम गर्ने गरेको छ । तर, त्यो सकिएपछि कार्यालयको काममा निर्वाचन कार्यालयमै उपलब्ध जनशक्तिले काम गर्ने हो ।
उनका अनुसार जनशक्ति अभाव भएपनि जनशक्ति थप्ने अधिकार छैन । त्यसैले पनि उपलब्ध जनशक्तिको दैनिक कामको चाप धेरै छ । त्यसलाई सकेसम्म व्यवस्थित गरेर अघि बढिरहेका छौं ।
संघीयताको कार्यान्वयनपछि हुन लागेको दोस्रो पटकको स्थानीय तह निर्वाचनलाई लिएर जिल्ला निर्वाचन कार्यालय यतिबेला आवश्यक सरसामान, उपकरण लगायतका सामाग्रीको व्यवस्थापन र चुस्तदुरुस्त राख्ने काम गरिरहेको निर्वाचन अधिकृत पन्तले जानकारी दिइन् ।
‘निर्वाचनको मिति नजिकिएसँगै जिल्ला निर्वाचन कार्यालय बाँके जनशक्ति व्यवस्थापनको काममा जुटेको छ’ पन्तले थपिन्–‘यतिबेला मतदान स्थल र केन्द्रका लागि चाहिने जनशक्तिको विवरण संकलनको काममा ब्यस्त छौं ।’
निर्वाचन कार्यालयले मतदान स्थल व्यवस्थापनका लागि अवलोकन गरिसकेको छ । बाँकेका ८ पालिकाका लागि करिब ४५ सय जनशक्ति आवश्यक छ । सबैभन्दा बढि नेपालगन्जमा जनशक्ति आवश्यक रहेकोछ । त्यसका लागि विभिन्न सरकारी कार्यालय कर्मचारी चयन गरेर विवरण तयार पार्ने काम भइरहेको छ । एउटा मतदान स्थलमा कम्तीमा ७ जना कर्मचारी परिचालन गर्नुपर्ने भएकोले सोही अनुसार विवरण तयार पार्ने काम अघि बढेको छ ।
संकलन गरिएको कर्मचारीको विवरणबाट निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत तयार पारेर सबन्धित पालिकामा पठाउने तयारी रहेको उनले बताइन । ‘मतदान स्थल अनुसार पठाउने सामग्रीको पोका पार्ने काम पनि भइरहेको छ । केन्द्रबाट मतदाता नामावली, मतपत्र लगायतका सामाग्री शनिबारसम्म आइपुग्ने र त्यसअघि स्थानीय स्तरमा खरिद गर्ने सम्पूण सामग्रीको तयारी भइरहेको छ ।’
बाँकेका हिजो बुधबार एकैपटक मुख्य निर्वाचन अधिकृतको कार्यालय लगायत पालिका स्तरमा निर्वाचन अधिकृतको कार्यालय खोलिसकेकोले थप काम निर्वाचन अधिकृतको कार्यालयबाट अघि बढिसकेकोछ ।
थप समाचार
बाँकेका ११२ मतदान स्थल संवेदनशील
बाँकेका ८ स्थानीय तहमा तोकिए निर्वाचन अधिकृत
बाँकेमा सबैभन्दा बढि नेपालगन्जमा मतदाता
बाँकेका ५५५ जनासँग इजाजत प्राप्त हतियार, सबैभन्दा बढि नेपालगन्जमा
बाँकेमा राष्ट्रिय दलको मान्यता नपाएका २३ दल चुनावी प्रतिस्प्रर्धामा
लुम्बिनी प्रदेश : बाँके सबभन्दा संवेदनशील
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’