File Photo
नेपालगन्ज १३ चैत्र : निर्वाचन आयोगले देशैभर मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ ।
जिल्लाका वरिष्ठतम् न्यायाधीश तथा नेपाल सरकारका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत स्तरका कर्मचारीलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको रूपमा तोकिएको हो ।
आसन्न स्थानीय तहको निर्वाचनका लागि आयोगले बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा जिल्ला अदालत बाँकेका जिल्ला न्यायाधीश खडानन्द तिवारी र कोहलपुर नगरपालिकामा जिल्ला अदालत बाँकेका श्रेष्तेदार तिर्थराज भट्टलाई निर्वाचन अधिकृत तोकेको छ ।
खजुरा गाउँपालिकामा जिल्ला समन्वय समिति बाँकेका जिल्ला समन्वय अधिकारी लोक बहादुर सुनारलाई निर्वाचन अधिकृत तोकेको छ भने जिल्ला सरकारी वकिल कार्यालय बाँकेका जिल्ला न्यायाधिवक्ता बासुदेव शर्मालाई जानकी गाउँपालिकामा खटाइएको छ ।
यस्तै आयोगले उच्च सरकारी वकिल कार्यालय नेपालगन्जका उपन्यायाधिवक्ता नवीन कुमार भट्टलाई डुडुवा गाउँपालिका, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीलाई राप्तीसोनारी गाउँपालिकामा निर्वाचन अधिकृतको रुपमा तोकेको छ ।
त्यस्तै निर्वाचन आयोगले उच्च सरकारी वकिल कार्यालय नेपालगन्जका उपन्यायाधिवक्ता टेक बहादुर थापालाई बैजनाथ गाउँपालिका र महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता रेशम आचार्यलाई नरैनापुर गाउँपालिकामा खटाएको छ ।
बाँकेमा एक उपमहानगरपालिका, एक नगरपालिका र ६ गाउँपालिका रहेकाछन् । यी पालिकामा कुल १३६ वटा मतदान केन्द्र रहेकोछ । भने जिल्लाको करिब ६९ किमि खुला सीमा रहेकोछ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’