स्थानीय तह निर्वाचन

बाँकेमा राष्ट्रिय दलको मान्यता नपाएका २३ दल चुनावी प्रतिस्प्रर्धामा


बाँकेमा राष्ट्रिय दलको मान्यता नपाएका २३ दल चुनावी प्रतिस्प्रर्धामा

नेपालगन्ज २४ चैत्र : बाँकेमा राष्ट्रिय मान्यता प्राप्त नगरेका २३ वटा दल चुनावी प्रतिस्प्रर्धामा उत्रिएकोछ । यसरी चुनावी मैदानमा उत्रिनेमा नेपाली काँग्रेस (विपी)देखि सिके राउत नेतृत्वको जनमत पार्टी र पछिल्लो समय स्थापित मौलिक जरोकिलो पार्टी रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तका अनुसार राष्ट्रिय मान्यता प्राप्त दल बाहेकका २३ वटा दलले आगामी निर्वाचनका लागि चुनाव चिन्ह माग गरेको बताइन् ।

उनका अनुसार राष्ट्रिय मान्यता प्राप्त ६ वटा दल बाहेक स्थानीयस्तरका २३ वटा दलले निर्वाचनका लागि चुनाव चिन्ह मागेको हुन् । ती २३ वटा दलले जिल्लामा पार्टी सक्रिय रहेको भन्दै चुनाव चिन्हको माग गरेका उनले बताइन् ।

योसंगै आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बाँकेमा राष्ट्रिय दलको मान्यता नपाएका २३ र मान्यता पाएका ६ दलसहित २९ दलबी चुनावी प्रतिस्पर्धा हुने भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

जिल्लामा नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवाद–लेनिनवादी), नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल राष्ट्रिय दलको मान्यता प्राप्त दलको रुपमा सक्रिय छन् ।

जिल्ला निर्वाचन कार्यालय बाँकेले दिएको जानकारी अनुसार राष्ट्रिय दलको मान्यता नपाएका राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी(लेनिनवादी), मौलिक जरोकिलो पार्टी, सामाजिक एकता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, जनजागरण पार्टी नेपाल, राष्ट्रिय सद्भावना पार्टी, नेपाल परिवार दल, राष्ट्रिय प्रजातन्त्र पार्टी, उन्नत लोकतन्त्र पार्टी, राष्टिूय जनमुक्ति पार्टीले पनि निर्वाचनमा भाग लिन दल दर्ता गराएका छन् ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी पुष्पलाल), नेपाल मजदूर किसान पार्टी, नेपाली काँग्रेस (वीपी), नेपाल कम्युनिष्ट पार्टी (समाजबादी), विवेकशील साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी माओबादी समाजवादी, राष्ट्रिय जनता पार्टी नेपाल, जन समाजबादी पार्टी नेपाल, नेश्नलिष्ट पिपल्स पार्टी, नेपाल संघीय समाजबादी पार्टी र जनता प्रगतिशिल पार्टी नेपाल गरी २३ वटा दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।

२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा बाँकेमा कुल २६ वटा राजनीतिक दलहरुबीच चुनावी प्रतिस्प्रर्धा भएको थियो । निर्वाचन कार्यालयका अनुसार गत निर्वाचनमा सहभागी केही दलहरु यसपटक क्रियाशील नरहेको पाइएको छ भने केही दल नयाँ थपिएका छन् । जनमत पार्टी, मौलिक जरोकिलो पार्टी, विवेकशील साझा पार्टी लगायतका पार्टी पहिलोपल्ट बाँकेबाट चुनावी प्रतिस्प्रर्धामा छन् ।

थप समाचार

धवलले मैदान छोडेपछि को बन्छ नेपालगन्जको मेयर ?

‘निर्वाचनमा एमाले र राप्रपाबीच तालमेल हुने’

एमाले र राप्रपाबीच तालमेल भए नेपालगन्जको कस्तो होला चुनावी नतिजा ?

बाँकेमा छ्यापछ्याप्ती हतियार, जनतासँगको हतियारले चुनावमा कति खतरा ?

बाँकेका ५५५ जनासँग इजाजत प्राप्त हतियार, सबैभन्दा बढि नेपालगन्जमा