१३६ मतदान स्थलमा ३ लाख २९ हजार बढिले मतदान गर्ने
नेपालगन्ज १४ चैत्र : स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते हुँदैछ । देशभर एकै चरणमा निर्वाचन हुने भएको हो । निर्वाचन आयोगका अनुसार आगामी स्थानीय निर्वाचन नेपालको निर्वाचन इतिहासमै सबैभन्दा बढी मतदाता रहेको निर्वाचन हुनेछ ।
आयोगले आईतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाखमा हुने स्थानीय निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता सहभागी हुन पाउने छन् । यसअघि नेपालमा सम्पन्न भएका निर्वाचनमा सबैभन्दा बढी मतदाता २०६४ सालको संविधानसभा निर्वाचनमा रहेको थियो । सो निर्वाचनमा कुल मतदाता संख्या एक करोड ७६ लाख ११ हजार ८३२ रहेको थियो ।
आउँदो स्थानीय तहको निर्वाचनको लागि नाम लेखाएका मतदातामध्ये ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५३० जना महिला र १८३ जना अन्य रहेका छन् । आयोगले स्थानीय तह निर्वाचन सम्पन्न गर्न देशभर १० हजार ७५३ मतदान स्थलअन्तर्गत २१ हजार ९५५ मतदान केन्द्रहरु राख्ने निर्णय गरेको छ ।
आगामी स्थानीय निर्वाचनमा सबैभन्दा बढी मोरङमा ७ लाख १५ हजार २२३ जना मतदाता रहेका छन् । सबैभन्दा कम मतदाता संख्या मनाङमा ६ हजार ४९६ रहेका छन् ।
यता बाँकेमा सबै भन्दा बढि मतदाता नेपालगन्जमा रहेकाछन् । बाँकेको ८ पालिकामध्ये सबैभन्दा बढि ८१ हजार ७ सय ९४ मतदाता नेपालगन्जमा रहेकाछन् । जहाँ ४३ हजार १ सय ११ पुरुष र ३८ हजार ६ सय ७९ महिला रहेकाछन् ।
यस्तै जिल्लामै सबैभन्दा कम मतदाता नरैनापुर गाउँपालिकामा मतदाता रहेकाछन् । नरैनापुरमा कुल १८ हजार ५ सय ९९ मतदाता रहेकाछन् । जहाँ १० हजार ९ सय २० पुरुष र ७ हजार ६ सय ७९ महिला रहेकाछन् ।
यस्तै कोहलपुर नगरपालिकामा २६ हजार ८ सय १४ पुरुष र २९ हजार ९ सय ८२ महिला गरि कुल ५६ हजार ७ सय ९७ जना, खजुरा गाउँपालिकामा १८ हजार ७६ पुरुष र १९ हजार १ सय ८७ महिला गरि कुल ३७ हजार २ सय ६४ जना, जानकी गाउँपालिकामा १२ हजार ५ सय ५२ जना पुरुष र १० हजार २ सय ७७ जना महिला गरि कुल २२ हजार ८ सय २९ जना मतदाता रहेका छन् ।
यसैगरी डुडुवा गाउँपालिकामा १२ हजार ६ सय ४० पुरुष र ९ हजार ६ सय १५ जना महिला गरि कुल २२ हजार २ सय ५५ जना, बैजनाथ गाउँपालिकामा २१ हजार १ सय ७१ पुरुष र २३ हजार ९ सय ५२ महिला गरि कुल ४५ हजार १ सय २३ जना तथा राप्तीसोनारी गाउँपालिकामा २२ हजार ६५ पुरुष र २२ हजार ७ सय ४६ महिला गरि कुल ४४ हजार ८ सय १२ जना मतदाता रहेकाछन् ।
जिल्ला निर्वाचन आयोगका अनुसार बाँकेका ८ वटा पालिकामा एक सय ३६ मतदान स्थल रहेको छ भने ३ सय ७९ मतदान केन्द्र कायम गरिएकोछ ।
पालिकाअनुसार हेर्दा सबै भन्दा बढि मतदान स्थल र मतदान केन्द्र नेपालगन्ज उपमहानगरपालिका रहेकोछ । नेपालगन्ज उपमहानगरपालिकामा मतदान स्थल ३४ र मतदान केन्द्र ९४ रहेकोछ ।
बाँकेमा सबैभन्दा कम नरैनापुर गाउँपालिकामा मतदान स्थल र मतदान केन्द्र रहेकाछन् । यहाँ १२ वटा मतादन स्थल रहँदा २४ वटा मतदान केन्द्र रहेकोछ ।
यस्तै कोहलपुर नगरपालिकामा १६ मतदान स्थल र ६२ वटा मतदान केन्द्र, खजुरा गाउँपालिकामा १६ मतदान स्थल र ४३ मतदान केन्द्र तथा जानकी गाउँपालिकामा १२ मतदान स्थल र २७ मतदान केन्द्र रहेकाछन् ।
यसैगरी डुडुवा गाउँपालिकामा १२ मतदान स्थल र २६ मतदान केन्द्र, बैजनाथ गाउँपालिकामा १६ मतदान स्थल र ५२ मतदान केन्द्र तथा राप्तीसोनारी गाउँपालिकामा १८ मतदान स्थल र ५१ मतदान केन्द्र रहेकाछन् ।
बाँकेका ११२ मतदान स्थल संवेदनशील
बाँकेका ८ पालिकामा कायम गरिएका १३६ मतदान स्थलमध्ये ११२ मतदान स्थल अति संवेदनशील र २४ वटा मतदान स्थललाई संवेदनशील तोकिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार भौगोलिक अवस्था र खुला सीमाना लगायतका कारण सुरक्षा संवेदनशीलता भए पनि जिल्लाको सुरक्षा प्रहरी नियन्त्रणमा रहेकोछ ।
स्थानीय तहको निर्वाचनका समयमा मतदान स्थल तथा मतदान केन्द्रसम्म जानको लागि बाटोको अवस्था, मतदान स्थल तथा केन्द्रको सुरक्षाको अवस्था र मतदाताको मनोभावना बुझेर निर्वाचन लक्षित सुरक्षा रणनीतिसहित अघि बढेको उनले बताए ।
उनले निर्वाचनलाई अत्यन्त मर्यादित र भयरहित तरिकाले सम्पन्न गर्नको लागि सुरक्षा व्यवस्था बलियो बनाउन कुनै कसर बाँकी नराख्ने पनि बताए । निर्वाचन लक्षित जिल्लाको सुरक्षालाई लिएर बाँके प्रहरी हाई अलर्टमा रहेकोछ ।
यसका लागि ७५ जनाको रिजर्भ फोर्स २४ सै घण्टा ‘हाई अलर्ट’मा रहनेछ । उनका अनुसार जिल्ला प्रहरी कार्यालय बाँके, ईलाका प्रहरी कार्यालय कोहलपुर र ईलाका प्रहरी कार्यालय भगवानपुरमा २५–२५ जना गरी ७५ जनाको रिजर्भ फोर्स ‘हाई अलर्ट’मा राखिनेछ ।
यसका अलावा निर्वाचन अवधिमा नेपाल–भारतका सुरक्षाकर्मीको संयुक्त गस्ती हुनेछ । बाँकेको ६५ किलोमिटर भू–भाग भारतसँग खुला सीमा जोडिएको छ ।
थप समाचार
बाँकेका ८ स्थानीय तहमा तोकिए निर्वाचन अधिकृत
बाँकेमा १६८६ म्यादी प्रहरीका लागि ५८०२ जनाको आवेदन
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’