लुम्बिनी प्रदेश : बाँके सबभन्दा संवेदनशील


लुम्बिनी प्रदेश : बाँके सबभन्दा संवेदनशील

सांकेतिक तस्विर

नेपालगन्ज २५ चैत्र : लुम्बिनी प्रदेशका ६ जिल्ला भारतको उत्तरप्रदेश र बिहारसँग जोडिएका छन् । खुला सीमा निर्वाचनको बेला चुनौती हुनसक्छ ।

भारतीयबाट हतियारहरू नेपाल भित्रिन सक्ने विश्लेषण सुरक्षा संयन्त्रको छ । चुनावमा आफ्नो पक्षमा जनमत पार्न भारतीय व्यक्तिहरू पनि प्रयोग हुनसक्ने अधिकारीहरूको विश्लेषण छ ।

लुम्बिनी प्रदेशको दाङ, कपिलवस्तु, रुकुम र सल्यान विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पकड भएको क्षेत्र छ । समूहले तय गर्ने रणनीतिले समग्र प्रदेशको सुरक्षा चुनौतीलाई फरक पार्ने रिपोर्टिङ सुरक्षा संयन्त्रको छ ।
चुनावमा होमिएकै पार्टीबीच हुने कलहले पनि सुरक्षा चुनौती थप्न सक्ने भनिएको छ । पार्टी–पार्टीबीचको विवादले झडप र कुटपिटको परिस्थिति सिर्जना हुनसक्ने आकलन गरिएको छ ।

सरकारले लुम्बिनीका १२ जिल्लामध्ये बाँकेमा सबभन्दा बढी ११२ मतदान स्थल अति संवेदनशील समूहमा परेका छ । रूपन्देहीमा ६२, प्यूठानमा ३६, रोल्पामा २९ र कपिलवस्तुमा २० वटा मतदान केन्द्र अतिसंवेदनशीलका रूपमा वर्गीकरण गरिएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

जसमा बाँकेका ८ पालिकामा कायम गरिएका १३६ मतदान स्थलमध्ये ११२ मतदान स्थल अति संवेदनशील र २४ वटा मतदान स्थललाई संवेदनशील तोकिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार भौगोलिक अवस्था र खुला सीमाना लगायतका कारण सुरक्षा संवेदनशीलता भए पनि जिल्लाको सुरक्षा प्रहरी नियन्त्रणमा रहेकोछ ।

स्थानीय तहको निर्वाचनका समयमा मतदान स्थल तथा मतदान केन्द्रसम्म जानको लागि बाटोको अवस्था, मतदान स्थल तथा केन्द्रको सुरक्षाको अवस्था र मतदाताको मनोभावना बुझेर निर्वाचन लक्षित सुरक्षा रणनीतिसहित अघि बढेको उनले बताए ।

उनले निर्वाचनलाई अत्यन्त मर्यादित र भयरहित तरिकाले सम्पन्न गर्नको लागि सुरक्षा व्यवस्था बलियो बनाउन कुनै कसर बाँकी नराख्ने पनि बताए ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार यसअघि बाँकेमा ८४ वटा मतदान केन्द्र थप गरिएकोछ । यद्यपी मतदान स्थल भने यसअघि तोकिएको अर्थात एक सय ३६ वटा रहेकोछ । मतदाताको संख्याका अनुसार मतदान केन्द्र थप गरिएको हो ।

निर्वाचन लक्षित जिल्लाको सुरक्षालाई लिएर बाँके प्रहरी हाई अलर्टमा रहेकोछ । यसका लागि ७५ जनाको रिजर्भ फोर्स २४ सै घण्टा ‘हाई अलर्ट’मा रहनेछ । उनका अनुसार जिल्ला प्रहरी कार्यालय बाँके, ईलाका प्रहरी कार्यालय कोहलपुर र ईलाका प्रहरी कार्यालय भगवानपुरमा २५–२५ जना गरी ७५ जनाको रिजर्भ फोर्स ‘हाई अलर्ट’मा राखिनेछ ।

यसका अलावा निर्वाचन अवधिमा नेपाल(भारतका सुरक्षाकर्मीको संयुक्त गस्ती हुनेछ । बाँकेको ६५ किलोमिटर भू(भाग भारतसँग खुला सीमा जोडिएको छ ।