सांकेतिक तस्विर
नेपालगन्ज २५ चैत्र : लुम्बिनी प्रदेशका ६ जिल्ला भारतको उत्तरप्रदेश र बिहारसँग जोडिएका छन् । खुला सीमा निर्वाचनको बेला चुनौती हुनसक्छ ।
भारतीयबाट हतियारहरू नेपाल भित्रिन सक्ने विश्लेषण सुरक्षा संयन्त्रको छ । चुनावमा आफ्नो पक्षमा जनमत पार्न भारतीय व्यक्तिहरू पनि प्रयोग हुनसक्ने अधिकारीहरूको विश्लेषण छ ।
लुम्बिनी प्रदेशको दाङ, कपिलवस्तु, रुकुम र सल्यान विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पकड भएको क्षेत्र छ । समूहले तय गर्ने रणनीतिले समग्र प्रदेशको सुरक्षा चुनौतीलाई फरक पार्ने रिपोर्टिङ सुरक्षा संयन्त्रको छ ।
चुनावमा होमिएकै पार्टीबीच हुने कलहले पनि सुरक्षा चुनौती थप्न सक्ने भनिएको छ । पार्टी–पार्टीबीचको विवादले झडप र कुटपिटको परिस्थिति सिर्जना हुनसक्ने आकलन गरिएको छ ।
सरकारले लुम्बिनीका १२ जिल्लामध्ये बाँकेमा सबभन्दा बढी ११२ मतदान स्थल अति संवेदनशील समूहमा परेका छ । रूपन्देहीमा ६२, प्यूठानमा ३६, रोल्पामा २९ र कपिलवस्तुमा २० वटा मतदान केन्द्र अतिसंवेदनशीलका रूपमा वर्गीकरण गरिएका छन् ।
जसमा बाँकेका ८ पालिकामा कायम गरिएका १३६ मतदान स्थलमध्ये ११२ मतदान स्थल अति संवेदनशील र २४ वटा मतदान स्थललाई संवेदनशील तोकिएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार भौगोलिक अवस्था र खुला सीमाना लगायतका कारण सुरक्षा संवेदनशीलता भए पनि जिल्लाको सुरक्षा प्रहरी नियन्त्रणमा रहेकोछ ।
स्थानीय तहको निर्वाचनका समयमा मतदान स्थल तथा मतदान केन्द्रसम्म जानको लागि बाटोको अवस्था, मतदान स्थल तथा केन्द्रको सुरक्षाको अवस्था र मतदाताको मनोभावना बुझेर निर्वाचन लक्षित सुरक्षा रणनीतिसहित अघि बढेको उनले बताए ।
उनले निर्वाचनलाई अत्यन्त मर्यादित र भयरहित तरिकाले सम्पन्न गर्नको लागि सुरक्षा व्यवस्था बलियो बनाउन कुनै कसर बाँकी नराख्ने पनि बताए ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार यसअघि बाँकेमा ८४ वटा मतदान केन्द्र थप गरिएकोछ । यद्यपी मतदान स्थल भने यसअघि तोकिएको अर्थात एक सय ३६ वटा रहेकोछ । मतदाताको संख्याका अनुसार मतदान केन्द्र थप गरिएको हो ।
निर्वाचन लक्षित जिल्लाको सुरक्षालाई लिएर बाँके प्रहरी हाई अलर्टमा रहेकोछ । यसका लागि ७५ जनाको रिजर्भ फोर्स २४ सै घण्टा ‘हाई अलर्ट’मा रहनेछ । उनका अनुसार जिल्ला प्रहरी कार्यालय बाँके, ईलाका प्रहरी कार्यालय कोहलपुर र ईलाका प्रहरी कार्यालय भगवानपुरमा २५–२५ जना गरी ७५ जनाको रिजर्भ फोर्स ‘हाई अलर्ट’मा राखिनेछ ।
यसका अलावा निर्वाचन अवधिमा नेपाल(भारतका सुरक्षाकर्मीको संयुक्त गस्ती हुनेछ । बाँकेको ६५ किलोमिटर भू(भाग भारतसँग खुला सीमा जोडिएको छ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’