नेपालगन्ज : वाटरपार्क निर्माणको काम अहिले धमाधम भइरहेको छ । वाटरपार्कको कूल ६५ बिघा क्षेत्रफलमध्ये १० बिघा तलाउले ओगटेको छ । तलाउलाई नौका विहार र पौडी पोखरीका रुपमा विस्तार गरिने छ ।
पार्कमा आकर्षक र मनमोहक फूलबारी, चिल्ड्रेनपार्क, व्यापारी प्रयोजनका पसल कोठा लगायतका संरचना निर्माण हुनेछन् । ‘कुचुक्क परेको धम्बोझी टोलको बीचमा रहेको वाटरपार्क निर्माणले यो वडाको स्वरुप नै फेरिन्छ, हाम्रो व्यापार बढ्छ, हाम्रो जीवनस्तर पनि फेरिन्छ,’ स्थानीय रघुवीर मिश्र खुशी व्यक्त गर्छन् ।
नेपालगन्ज नगर विकास समितिले निर्माण गर्ने वाटरपार्कमा नेपालगन्जको सुर्खेत सडकदेखि बर्दियाको गुलरिया सडक जोड्ने २१ मिटर चौडाइको मुख्य सडक पनि जोडिनेछ । नेपालगन्जको वाटरपार्क निर्माणको योजना ११ वर्षअघि तयार गरिएको थियो ।
२०६५ सालमा शुरु भएको यो योजना शुरुआती चरणमा जग्गा अधिग्रहणको क्रममा स्थानीयसँग कुरा नमिल्दा यसको निर्माण झण्डै पाँच वर्ष पर धकेलियो ।
अहिले जग्गा अधिग्रहणमा कुरा मिलेपछि निर्माणको कामले गति लिएको छ । ‘यो योजनाको अनुमानित लागत रु ७० करोड हो । अबको चार वर्षभित्र निर्माण सक्ने हाम्रो लक्ष्य छ,’ नगर विकास समितिका अध्यक्ष गोपाल पुन बताउँछन् ।
नगर विकास समितिले अहिले वाटरपार्क क्षेत्रमा अधिग्रहण गरेको जग्गाको प्रमाण पुर्जा तयार गरिसकेको छ । ‘दुईरचार दिनभित्र जग्गा धनीलाई प्रमाणपुर्जा वितरण गरिसकेपछि समितिको मातहतमा रहेको यो पार्कलाई उपमहानगरपालिकालाई हस्तान्तरण गरिनेछ,’ अध्यक्ष पुनको भनाइ छ ।
वाटरपार्क संरचनाअन्तरगत अहिले पिलर, पर्खाल, फुटपाथ र ग्रिनबेल्ट निर्माणको काम भइरहेको छ । निर्माणको काम छिटो सक्न पाँच वटा ब्लक खडा गरिएको छ । प्रत्येक ब्लकलाई छुट्टाछुट्टै कामको जिम्मेवारी पनि तोकिएको छ ।
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा