नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दीपक कुमार वर्माले कारकाँदो चोकमा रहेको राधाकृष्ण मन्दिरलाई आफ्नो एक महिनाको पारिश्रमिक सहयोग गरेका छन् ।
वडा अध्यक्ष वर्मालाई मन्दिर व्यवस्थापन समितिले मन्दिरको रंगरोगन र अन्य माग राखेपछि तत्काल मन्दिरलाई रंग लगाउनका लागि एक महिनाको तलब २५ हजार ७ सय ४० रुपैयाको चेक मन्दिर व्यवस्थापन समितिका अध्यक्षलाई बिहीबार हस्तान्तरण गरेका हुन् ।
यसैबीच, बिहीबार नै वडापालिकाको आर्थिक सहयोग एक लाख १५ हजार र अन्य दाताको सहयोगमा एक लाख ३९ हजारमा शुद्ध खानेपानीको फिल्टरको वडा अध्यक्ष बर्माले शुभारम्भ गरेका छन् ।
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा