योगमय नेपालगन्ज


योगमय नेपालगन्ज

नेपालगन्ज : विश्व योग दिवसका अवसरमा नेपालगन्ज योगमय बन्यो । दिवसका अवसरमा शुक्रवार नेपालगन्जमा भएका विभिन्न कार्यक्रममले योगमय नेपालगन्ज देखिएको हो ।

विश्व योग दिवसका अवसरमा नेपालगन्जमा विभिन्न कार्यक्रम गरि मनाइएकोछ । जिल्ला प्रशासन कार्यालयबाट शुक्रवार बिहान ब्याण्डबाजासहित निस्केको ¥यालीले नगर परिक्रमा गरि पुनः प्रशासन कार्यालयमा पुगेर योगअभ्यास गरेको थियो ।

योग गुरु, योगप्रेमी लगायतको उपस्थितीमा ¥याली गरिएको थियो । प्रमुख जिल्ला अधिकारी मदन भुजेलको सभापतित्वमा भएको सो योगअभ्यासमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान, सरकारी तथा गैह्रसरकारी संघसंस्थाका प्रतिनिधी, सर्वसाधारण लगायतको सहभागिता रहेको थियो ।

यस्तै योग दिवसका अवसरमा बागेश्वरी मन्दिर प्राङ्गणमा पतंजली योगपीठ, बाँकेको अयाोजनामा योग दिवस मनाइएकोछ । पाचौं अन्तराष्टिूय योग दिवसका अवसरमा योगपीठद्वारा आयोजित कार्यक्रममा योग प्रोटोकल अनुसारको योगाभ्यास कक्षा समेत सञ्चालन गरिएको वीरबहादुर हमालले जानकारी दिए ।

यस्तै विश्व योग दिवसका अवसरमा नेपालगन्ज लगायतका क्षेत्रमा क्रियाशिल विभिन्न संघसस्थाहरुले समेत योगका विभिन्न आसनहरु गर्दै योग गरौं स्वस्थ्य रहौं भन्दै योग दिवस मनाएकाछन् ।

नेपालमा योग दिवस २०३६ सालबाट नेपालले व्यक्तिगत तवरमा योग उहिलेदेखि मनाउदै आएको भएतापनि संस्थागत तवरमा २०३६ साल तिरबाट योग दिवस मनाउन सुरु गरिएको हो । त्यस पछि ०७२ सालबाट नेपालले राष्टिूय योग दिवस विधिवत रुपमा मनाउने थाल्यो । अन्तराष्टिूय योग दिवस मनाइरहदाँ यसको अर्थ राष्टिूय योग दिवस मनाइनु हुदैन भन्ने होइन । योगको उत्पत्ति भएको ठाउँमा राष्टिूय योग दिवस हुन्छ नै ।

संयुक्त राष्ट्रसंघले २०१६ मा हरेक वर्ष जुन २१ तारेखमा विश्व योग दिवस मनाउने घोषणा गरेको थियो । नेपालमा पनि योग तथा आध्यात्मको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘विश्व योग दिवस’ मनाइएको हो ।

हजारौं वर्ष पहिले पतञ्जली नामका ऋषिले शुरु गरेको योगमा १ सय ९५ वटा योगशूत्र समाहित छन् । योगशूत्रको श्रेय भने आदियोगी भगवान् शिवलाई नै दिइन्छ । शिवबाट शुरुवात भएका योगविधाहरु क्रमशः सप्तऋषिहरुमार्फत पुस्तौं–पुस्ता यात्रा गरेर हामीमाझ आइपुगेको विश्वास गरिन्छ ।