नेपालगन्ज: एक्स जेनेरेसन नेपालगन्जले डिजे पुल पार्टीको आयोजना गर्दैछ । नेपालगन्जको होटल स्नेहामा आयोजना हुने डिजे पुल पार्टीमा विश्वचर्चित डीजे लिनेटा सहितको टिमले आफ्नो प्रस्तुती जनाउनेछन् ।
डिजे पुल पार्टीको बारेमा जानकारी दिन नेपालगन्जमा शनिबार गरिएको पत्रकार सम्मेलनमा आयोजक एक्स जेनेरेसनका अध्यक्ष संयोकजङ्ग शाहले उक्त जानकारी दिए ।
उनले गर्मीबाट आक्रान्त भएका बाँकेबासीलाई स्विमिङ्गका साथ संगितको भरपूर आनन्द दिन सोमबार नेपालगन्जको होटल स्नेहामा डिजे पुल पार्टीको आयोजना गरिन लागेको बताए । दिउँसो २ बजेदेखि राति १० बजेसम्म संचालन हुने उक्त डिजे पुल पार्टीमा विश्वचर्चित डिजे लिनेटा सहित नेपालका ख्याती प्राप्त डिजे लगायत कलाकारको सहभागिता रहेन जनाए ।
एक्स जेनेरेसनको आयोजना तथा होटेल स्नेहा क्लार्क ईन स्वीट्सको सहकार्यमा सो डिजे पुल पार्टी गरिन लागेकोहो । आयोजक एक्स जेनेरेसनका अध्यक्ष संयोग जंग शाहले डिजे पुल पार्टीको सम्पूर्ण तयारी भइसकेको जनाउदै व्यवस्थापन चुस्तदुरुस्त पारिने दाबी गरे । पार्टीको आनन्द लिन अधिकतम ३ सय ५० जनासम्मलाई सहभागिता गराइनेछ । भने, प्रत्येक व्यक्तिले प्रवेश शुल्कबाफत ५ सय रुपैयाँ तिर्नुपर्नेहुन्छ ।
नेपालगन्जमा गरिने पुल पार्टीमा पहिलोपल्ट विश्वचर्चित डिजे लिनेटाको बेजोड प्रस्तुती रहनेछ । यूक्रेनकी डिजे उनी विश्वचर्चित सय डिजेमध्येकै एक भएको आयोजकको भनाई छ ।
लिनेटालाई साथ दिन नेपालका डिजे अर्पण, बिधान, ¥यापर सरकार, दङ्गाली ब्वाय, ट्रिक्स (बिट बक्स) को उपस्थिति रहने पनि आयोजक एक्स जेनेरेसनका अध्यक्ष शाहले बताए । भने चर्चित मोडेल पुजन थापाले पुल पार्टीमा होस्ट गर्ने उनले बताए ।
‘बिट द हिट’ मुख्य थिम रहेको पार्टीमा सहभागी हुने व्यक्तिका लागि स्विमिङ निःशुल्क व्यवस्था गरिएको छ । एक्स जेनेरेसनले सन् २०१५ देखि स्नेहामा प्रत्येक बर्ष पुल पार्टी आयोजना गर्दै आएको छ ।
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा