नेपालगन्ज : बाँकेको नेपालगन्ज्स्थित कारागरामा रहेका कैदीबन्दीहरु सुत्ने ठाउँको अभावमा शौचालयको छतमा समेत सुत्न बाध्य भएका छन् ।
क्षमता विस्तार र सेवासुविधा नथपिने र कैदी मात्र थपिँदा कारागारमा यस्ता विविध समस्या देखिन थालेको जेलर भरत पाण्डे बताउँछन् ।
उनका अनुसार कैदीलाई खानेभन्दा पनि सुत्ने समस्या बढी छ । बढ्दो कैदी संख्याले बाँके कारागार भरिभराउ छ । स्थान अभावमा बरण्डा र छतमा समेत कैदी सुत्ने, बस्ने गरेका छन ।
यसले पानी परेपछि ओत लागेर रातमा जागै बस्नुपर्ने अवस्था आउने गरेको कैदीहरूले बताए । नेपालगन्ज कारागारमा रहेका कैदी तथा बन्दीहरूले खानेपानी, विद्युत, सुत्ने र मनोरन्जनका साधनको कमी रहेको बताए ।
‘धारामा घन्टौं लाम लाग्नुपर्छ । बस्ने र सुत्ने ठाउँ छैन, शौचालयमा घन्टौंपछि मात्र पालो आउँछ,’ एक कैदीबन्दी बताउँछन् । कारागारमा देखापरेका समस्याको मूल कारण क्षमताभन्दा बढी कैदीको संख्या रहेको जेलर पाण्डेले बताउँछन् ।
‘पुरुष कैदीबन्दीका लागि निकै समस्या छ । कोही प्यासेजमा, कोही शौचालयको छतमा समेत सुत्छन,’ उनले भने, ‘पूर्वाधार तयार गर्ने कुनै योजना आएको छैन ।’ कारागार जीर्ण भइरसकेको छ । यद्दपी सम्बन्धीत निकाय जीर्ण कारागारको मर्मतमा समे उदासिन छ ।
३ सय क्षमताको कारागारमा हाल ७ सय ५५ कैदीबन्दी रहेका छन । बाहिर जिम्मा लिइदिने कोही नभएपछि आमासँगै बसेका ३ बालबालिकासहित ५७ जना महिला र ६ सय ९८ पुरुष कैदीबन्दी छन । ५५ जना त विदेशी नागरिक छन ।
कारागारको पुरुष ब्लकमा धेरै समस्या छ । तीनवटै भवन जीर्ण रहेको र कैदीबन्दीको संख्या दिनानुदिन बढेको उनी बताउँछन् । लागूऔषध, कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दाका कैदीबन्दीको संख्या बढी छ । लागूऔषधका १ सय ३५ कैदी र १ सय ४० थुनुवा, ज्यान मुद्दाका १ सय ६ कैदी र ३९ थुनुवा रहेका छन ।
जबर्जस्ती करणी उद्योगका ७१ कैदी र ४३ थुनुवा रहेका छन् । मानव बेचबिखन मुद्दामा १६ कैदी र ४३ थुनुवा रहेका छन् ।
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा