उप–महानगरमा वडा भेलाको चटारो


उप–महानगरमा वडा भेलाको चटारो

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका भित्रका वडाहरु आर्थिक बर्ष ०७६÷७७ का लागि योजनाहरु बनाउन लागिपरेका छन् । उप–महानगरपालिकाको वडानं. १८ ले आगमी आर्थिक वर्ष २०७६/०७७ को कार्यक्रम तथा बजेट विनियोजनका लागि शनिबार वडा भेलाको आयोजना गरेको छ ।

कारकाँदोमा रहेको होटल सिद्धर्थ भ्यूमा आयोजित गरिएको वडा भेलाले आगमी बजेट तथा कार्यक्रमका साथै विगतका कार्यक्रमको समीक्षा समेत गरेको छ । वडाको कार्यक्रमका लागि नागरिकको सहभागितामा भेला मार्फत कार्यक्रमको सुझाव संकलन गरिएको वडा अध्यक्ष दीपककुमार वर्मा बताउँछन् ।

उल्लेख्य संख्यामा उपस्थित वडा नम्बर १८ का आम नागरिकले वडा कार्यालले वडाको विकासको लागि गरेको विगतको कामको समीक्षा समेत गरेका थिए ।
अध्यक्ष वर्माकाअनुसार वडाका विभिन्न समस्यामा नागरिकको पहलमा प्राथमिकताक्रम गरी समस्यालाई समाधानका लागि सुझावहरु संकलन गरिनेछ । उप–महानगरपालिकाको सबै भन्दा बढी जनघनत्वसंगै बजारीकरण भईरहेको वडा भएको कारण पूर्वाधार निर्माण सबै बढी प्राथमिकता रहेको छ ।

शिक्षा, स्वास्थ्य र महिला बालबालिकाका सवाल पनि उत्तिकै महत्वपूर्ण रहेका छन । वडा भेलामा शिक्षक, कर्मचारी, उद्योगी, व्यापारी, मजदुर महिलाको उल्लेख्य उपस्थिति रहेको थियो ।

यसैगरी नेपालगन्जको वडा नम्बर २२ शनिबार बिहान वडा भेला सम्पन्न गरेको छ । वडा नम्बर २२ का अध्यक्ष बिद्याराम बर्माको अध्यक्षता तेस्रो योजना तर्जुमा वडा भेला सम्पन्न भएको हो ।

अध्यक्ष बर्माले २२ नम्बरमा भौतिक पूर्बाधार बिकास, सामाजिक सुरक्षा, कार्यालय सञ्चालन, आर्थिक विकास, संस्थागत बिकास जस्ता कार्यक्रमलाई प्राथमिकता दिएको बताए ।