नेपालगन्ज : नेपालगन्ज उपमहानगरका विभिन्न क्षेत्रमा पछिल्लो एक महिनादेखि अघोषित लोडसेडिङ भइरहेको छ । घोषित रुपमा लोडसेडिङ नभए पनि यहाँ छिनछिनमा बत्ती जाने गरेको छ ।
एक–दुई मिनेटदेखि पाँचसात मिनेटको दौरानमा दैनिक दर्जनौं पटक बिजुली जानेआउने गरेको छ । स्थानीयका अनुसार यहाँ यसरी नै बिजुलीको जुहारी चल्ने गरेको छ ।
छिनमा आउने र छिनमा जाने गरेर दिनमा दर्जनौं पटक बिजुली आउने र जाने गरेको उनीहरुले बताए । ‘दैनिक दर्जनौं पटक लोडसेडिङ भइरहेको छ,’ उनीहरुले भने । उनीहरुका अनुसार झण्डै एक महिना अगाडिदेखि नै बत्ती नगएको कुनै दिन नै छैन, दैनिक कुनै न कुनै बेला बत्ती गइहाल्छ ।
कहिले बढी त कहिले कम पटक मात्रै भए पनि दैनिक बत्ती निभ्ने गरेको उनीहरुले बताए । नेपालगन्ज कारकाँदोका गोपाल खत्री घोषित रुपमा लोडसेडिङ नभए पनि छिनछिनमा हुने अघोषित लोडसेडिङले हैरान भएको बताउँछन् । छिनछिनमा बिजुली बत्ती जाँदा काममा बाधा पुग्ने गरेको उनले बताए ।
दैनिक बत्ती जाँदा असाध्यै समस्यामा परेको व्यवसायीहरु बताउँछन् । ‘दिनमा त ठिक छ तर, राति पनि बिजुली जाँदा हैरान भएको स्थानीय बताउँछन् । लोडसेडिङले स्वभाविक रुपमा उद्योग व्यवसायीलाई नकारात्मक प्रभाव पार्ने गरेको छ । बिद्युतबिना उद्योग व्यवसाय सञ्चालन गर्न नसकिने व्यवसायी बताउँछन् ।
नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख मनोजकुमार सिंह हावाहुरीका कारण यस्तो समस्या आएको हुनसक्ने बताउँछन् । छिनमा आउने र छिनमा जाने लोडसेडिङ यही कारणले हुने प्रमुख सिंहको भनाईछ । तर, पीडितहरु भने हावाहुरी नआए पनि छिनछिनमा बिजुली जाने गरेको बताउँछन् । बिहान, राति जुनै बेला पनि जहिले पनि बत्ती जाने गरेको उनीहरु बताउँछन् ।
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा