नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका गतिविधी अझै सञ्चालन गर्न सकेको छैन् । तर, नरैनापुर गाउँपालिका र कोहलपुर नगरपालिकाले उक्त कार्यक्रमलाई अघि बढाईसकेका छन् ।
कोहलपुरमा २ सय ७७ जना श्रमिक छनोट भएको नगरपालिका प्रमुख लुटबहादुर रावत बताउँछन् । उनका अनुसार छनोट भएका श्रमिकमा अधिकाशं महिला छन् । पुरुषको संख्या तीन जनामात्रै रहेको छ ।
उनीहरु कहिले सडक निर्माणमा पुग्छन् । कहिले नहर, ढल सफा गर्दै आइरहेका छन् । नगरमै रोजगार मिलेपछि उनीहरु उत्साही भएका छन् । नगरपालिकामा ५ हजार ५७ जनाले रोजगारीका लागि आवेदन दिएका थिए । जसमध्ये २ सय ७७ जनाले काम पाएका छन् ।
सडक ग्राभेल गर्ने, ढल सफा गर्ने, नाला बनाउने, पार्क निर्माण गर्ने, नगर सफा गर्ने र सडकमा वृक्षरोपणजस्ता काममा श्रमिक खटिएको रोजगार कार्यक्रम नगर संयोजक भद्र थापा बताउँछन् ।
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा