नेपालगन्ज : द्वन्द्वपीडित तथा एकल महिला सञ्जाल, बाँकेले जेष्ठ नागरिक तथा एकल महिलालाई सम्मान गरेको छ । ९ औँ अन्तर्राष्ट्रिय एकल महिला दिवसको अवसर पारेर सञ्जालले बाँकेका पाँच जना जेष्ठ नागरिक तथा एकल महिलालाई दोसल्ला र पोषिलो खाद्यबस्तु प्रदान गरेर सम्मान गरेको हो ।
सञ्जालकी अध्यक्ष जयन्ती केसीको अध्यक्षता तथा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष विष्णुबहादुर लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागी महिलाले एकल महिला भएकै कारण समाज र परिवारबाट अपहेलित हुनु परेको गुनासो गरे ।
कार्यक्रममा वडा अध्यक्ष लामाले महिलालाई हेर्ने नजरमा अझैं परिवर्तन आइनसकेको बताउँदै पुरुषको सोँचमा परिर्वतन आएमात्र महिलामाथि हुने हिंसामा कमी आउने बताए । उनले नेपालगन्जमा निर्माण भइरहेको एकल महिला छहारी भवनका निर्माणका लागि सक्दो सहयोग गर्ने बताउँदै महिला सशक्तिकरणका लागि महिलावीच हातेमालो हुन आवश्यक रहेको औँल्याए ।
कार्यक्रममा सञ्जालकी अध्यक्ष केसीले महिलामाथि हुने हिंसा न्यूनिकरणमा पुरुषको भूमिका महत्वपूर्ण हुने भन्दै विभिन्न बहानामा महिलामाथि हिंसा हुने गरेको धारणा राखिन् । उनले एकल महिला छहारी भवन निर्माण गर्न रकम अपुग भएको भन्दै सहयोगको याचना गरिन् ।
सो अवसरमा पत्रकारद्वय अछरी पोख्रेल र विश्वराज पछल्डङ्ग्या, भृकुटीनगर टोल विकास समितिका अध्यक्ष सरला विष्ट लगायतले आफ्ना विचार राखेका थिए । कार्यक्रममा सञ्जालकी उपाध्यक्ष बिन्दा पाण्डेखरेलले स्वागत गरेकी थिइन् भने सञ्चालन आरती केसीले गरेकी थिइन् ।
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा