बिषादी परीक्षणमा कर्मचारी अभाव
नेपालगन्ज : रानीतलाउ सब्जीमण्डीस्थित विषादी अवशेष दु्रुत विश्लेषण प्रयोगशालामा कर्मचारीको अभावले प्रयोगशाला नियमित प्रयोगमा आउन सकेको छैन् ।
प्रयोगशाला एक जना कर्मचारीको भरमा छ ।
प्रयोगशाला नियमित सप्रयोगका लागि कम्तिमा ५ जना कर्मचारीको आबश्यक रहेको कार्यालयका प्रमुख शकिल अहमद बताउँछन । दुईदिनदेखि भन्सारमा तरकारी तथा फलफुलका गाडी रोकिएपछि सोमबार विहान प्रयोगशालाका कर्मचारीले जेनतेन तरकारीको नमुना परीक्षण गरेको कार्यालयका प्रमुख अहमदले बताएका छन् ।
२०७३ मा स्थापना भएको विश्लेषण प्रयोगशालामा कर्मचारीको अभाव हुँदा यसले काममा समस्या हुदै आएको उनी बताउँछन् ।
विषादी परिषण जस्तो संवेदनशील कामका लागि कम्तिमा पाँच जना कर्मचारी चाहिने अहमद बताउँछन् । जमुनाह नाकामा रोकिएका तरकारी र फलफुलका गाडी विषादी परीक्षण पछि नेपालगन्जमा भित्रिएका छन् । विषादी परीक्षणको रिर्पोटको आधारमा सोमबार बिहानैबाट तरकारी र फलफुलको गाडीको आयात अनुमति दिएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौला बताउँछन् ।
विषादी परीक्षणबाट सकारात्मक रिर्पोट आएका गाडीलाई मात्र आयात गर्न दिने नीति अनुसार दुईदिन देखि नेपालगन्ज नाकामा तीन दर्जन गाडी रोकिएका थिए ।
विषादी परीक्षण गर्ने सरकारी निकायका खोज्दै जाँदा नेपालगन्जमै भेटिएपछि तरकारी, फलफुलका आयातकर्तादेखि नेपालगन्ज भन्सार स्वयंलाई राहत भएको छ ।
करिब एक करोड मूल्य बराबरको तरकारी तथा फलफुल नेपाल-भारत सीमा नाकामा दुई दिनदेखि अलपत्र परेका थिए ।
भारतबाट ल्याईएका उक्त तरकारी तथा फलफुलको बिषादी परीक्षण नगरिएको भन्दै नेपालगन्ज भन्सार कार्यालयले नेपाल प्रवेशमा रोक लगाएपछि करोडबढीका उपभोग्य बस्तु अलपत्र परेका हुन् । नेपालगन्ज भन्सार कार्यालयका अनुसार एउटा ट्रकमा ट्रकको साईज हेरेर १२ देखि २० टनसम्म एक पटकमा ढुवानी गर्न सकिन्छ । खरिद मूल्य १३ रुपैयाँ किलोका दरले हिसाब गर्दापनि २० टनको २६ लाख रुपैयाँ मूल्य पर्न आउँछ । नाकामा रोकिएका करिब ४० ट्रकको एकमुष्ट हिसाब गर्दा एक करोड बढी मूल्य हुन आएको छ ।
तरकारी र फलफुल बोकेर आएका करिब तीन दर्जनजति मालबहाक ट्रकलाई नेपालगन्ज प्रवेशमा रोक लगाईएको थियो । नेपालतर्फको नाका जमुनाहामा मात्रै १७ वटा ट्रक रोकिएका थिए । भारतीय सीमा नाका रुपैडिहामा २५ वटाभन्दा बढी ट्रक रोकिएका थिए ।
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा