नेपालगन्ज : बाँकेमा प्रहरीको सुरक्षा कमाण्ड अब प्रहरी उपरीक्षक वीरबहादुर ओलीले सम्हाल्ने भएका छन् । हालका प्रहरी प्रमूख प्रहरी उपरीक्षक अरुण पौडेलको सशस्त्र प्रहरी गण हेटांैडामा सरुवा भएको छ । पौडेलको सरुवा भएसँगै जिल्लाको सुरक्षा कमाण्डको जिम्मेवारी प्रहरी उपरीक्षक ओलीका काँधमा आएको हो ।
प्रदेश ५ सशस्त्र प्रहरी गण कोहलपुरबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय बाँकेमा आउने भएसँगै आफ्नो जिम्मेवारी क्षेत्रभित्र भएका समस्या समाधानका लागि अघि बढ्ने प्रतिक्रिया दिएका छन् ।
उनले भने, ‘सीमासँग जोडिएको जिल्ला भएकाले यहाँ धेरै किसिमका जटिलताहरु छन्, थुप्रै जटिलता हुँदाहुँदै पनि यहाँभित्र रहेका समस्याहरूलाई चिर्नु प्रमुख दायित्व हुन्छ ।’ उनले पछिल्लो समयमा मौलाइरहेको गुण्डागर्दी, धम्की, ठगी, बलात्कार लगायतका अपराधजन्य विषयहरुलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए । ‘पछिल्लो समय समस्याका रूपमा यस्ता विषयहरु देखापरेका छ । यसले भोलीका दिनमा संगठित अपराधलाई बढावा दिने भएकाले सुरुमै यस्ता कुरालाई निष्तेज पर्नुपर्छ,’ उनले भने ।
उनले विगतमा भएका घटनाहरुका बारेमा पनि गम्भीर अध्ययन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन आफ्नो निरन्तर प्रयन्त हुने बताए । उनले भने, ‘हामीले कानून कार्यान्वयन गराउने हो, कसैले कानून विपरितका कार्यहरु गर्छ भने हामी त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउन सधैं प्रयत्नरत रहन्छौं, यसका लागि सबैको सहयोग र सहकार्य जरुरी छ ।’
उनले शून्य सहनशीलताको सिद्धान्त अनुसार आफ्ना काम कारबाहीलाई अधि बढाउने बताए । पछिल्लो समयमा सामाजिक विकृति निकै बढी देखिएको र यसले सिर्जित अपराध बढ्दै गएको उनको भनाई छ । यसको समाधानका लागि कार्ययोजनासहित प्रभावकारी ढंगबाट अघि बढ्दै न्यूनीकरणमा जोड दिने प्रहरी उपरीक्षक ओलीले बताए ।
बाँकेमा आर्थिक अपराध पनि ठूलो समस्याको रुपमा देखिएको बताउँदै उनले भने, ‘आर्थिक अपराध, जसअन्तरगत एउटा लेनदेनवाला आर्थिक अपराध, अर्को ठगीका घटना । लेनदेनवाला अपराधमा सचेतनामूलक कार्यकमबाहेक अरु उपाय छैन । ठगीका घटनामा सशक्त रुपमा अभियान चलाएर संलग्नलाई कानुनी दायरामा ल्याउँछु ।’
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा