८० करोडको बजेट ल्याउँदै कोहलपुर


८० करोडको बजेट ल्याउँदै कोहलपुर

नेपालगन्ज : बाँकेको कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ का लागि करिब ८० करोडको बजेट ल्याउने भएको छ ।

असार १० गतेदेखि सुरु हुने नगरसभामा आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि नीति तथा कार्यक्रम ल्याउनुका साथै वजेट विनियोजन गर्ने निर्णय भएको छ ।
‘१० गते नगरसभा आव्हन गरेका छौं, सोही दिन नीति तथा कार्यक्रम प्रस्तुत हुन्छ’ मेयर लुटबहादुर रावतले भने, ‘१० गते नीति तथा कार्यक्रममा छलफल हुनेछ र सोही दिनको सभामा बजेट प्रस्तुत गरिने छ ।’

कोहलपुर नगरपालिकाले संघीय सरकारबाट आगामी आवमा ४१ करोड ३७ लाख रुपैयाँ बजेट प्राप्त गर्ने भएको छ । जसमध्ये वित्तीय समानिकरण तर्फ १९ करोड १५ लाख र सशर्त अनुदानतर्फ २२ करोड २२ लाख रुपैयाँ रहेको छ ।

त्यसैगरी कोहलपुर नगरपालिकाले समानितकरण तर्फ ५१ लाख ४२ हजार र सशर्त अनुदान तर्फ ८ करोड १० लाख गरी प्रदेश सरकारबाट आगामी आर्थिक वर्षमा ८ करोड ६१ लाख ४२ हजार रुपैयाँ प्राप्त गर्ने भएको छ ।