नेपालगन्ज ६ जेठ :एमालेको किल्लाको रुपमा परिचित बाँकेको बैजनाथ गाउँपालिका नेपाली काँग्रेसले जितेकोछ ।
नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार दुबै विजयी भएका हुन् । एमालेको किल्लाका रुपमा चिनिएको उक्त गाउँपालिकामा काँग्रेसले यसपटक जितेको हो ।
यसअघि २०७४ को निर्वाचनमा बैजनाथ गाउँपालिकामा नेकपा एमालेले जितेको थियो । जिल्लामै एमालेको बढी दवदबा रहेको उक्त गाउँपालिकालाई एमालेको लाल किल्लाको रुपमा चिनिन्छ ।
गाउँपालिका अध्यक्षमा काँग्रेसका प्रकाशबहादुर शाही र उपाध्यक्षमा निर्मला रोकाय दुवै जना निर्वाचित भएसंगै एमालेको लाल किल्ला भत्किएको हो ।
काँग्रेसका शाहीले कुल १२ हजार १८० मत ल्याउँदै विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका घननाथ खनालले १० हजार ३८२ मत पाए । यस्तै अध्यक्ष पदमै नेकपा माओबादीका दीपेन्द्रबहादुर शाहले ५ हजार २१४ र राप्रपाका तारक सिंह थारुले २ हजार ७१२ मत पाए ।
गाउँपालिका उपाध्यक्षमा काँग्रेसकी निर्मला रोकायले १२ हजार १५२ मत प्राप्त गर्दै विजयी भइन् । रोकायको निकटतम प्रतिद्वन्द्वी प्रेमपूर्ण योगीले १० हजार ७३३ मत प्राप्त गरिन् । भने नेकपा एसकका टंकरनाथ योगीले ४ हजार १० र राप्रपाका जयलक्ष्मी शाहले २ हजार ४४० मत प्राप्त गरिन् ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’