काँग्रेसका शाहीले भत्काए बैजनाथमा ‘एमाले किल्ला’


काँग्रेसका शाहीले भत्काए बैजनाथमा ‘एमाले किल्ला’

नेपालगन्ज ६ जेठ :एमालेको किल्लाको रुपमा परिचित बाँकेको बैजनाथ गाउँपालिका नेपाली काँग्रेसले जितेकोछ ।

नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार दुबै विजयी भएका हुन् । एमालेको किल्लाका रुपमा चिनिएको उक्त गाउँपालिकामा काँग्रेसले यसपटक जितेको हो ।

यसअघि २०७४ को निर्वाचनमा बैजनाथ गाउँपालिकामा नेकपा एमालेले जितेको थियो । जिल्लामै एमालेको बढी दवदबा रहेको उक्त गाउँपालिकालाई एमालेको लाल किल्लाको रुपमा चिनिन्छ ।

गाउँपालिका अध्यक्षमा काँग्रेसका प्रकाशबहादुर शाही र उपाध्यक्षमा निर्मला रोकाय दुवै जना निर्वाचित भएसंगै एमालेको लाल किल्ला भत्किएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

काँग्रेसका शाहीले कुल १२ हजार १८० मत ल्याउँदै विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका घननाथ खनालले १० हजार ३८२ मत पाए । यस्तै अध्यक्ष पदमै नेकपा माओबादीका दीपेन्द्रबहादुर शाहले ५ हजार २१४ र राप्रपाका तारक सिंह थारुले २ हजार ७१२ मत पाए ।

गाउँपालिका उपाध्यक्षमा काँग्रेसकी निर्मला रोकायले १२ हजार १५२ मत प्राप्त गर्दै विजयी भइन् । रोकायको निकटतम प्रतिद्वन्द्वी प्रेमपूर्ण योगीले १० हजार ७३३ मत प्राप्त गरिन् । भने नेकपा एसकका टंकरनाथ योगीले ४ हजार १० र राप्रपाका जयलक्ष्मी शाहले २ हजार ४४० मत प्राप्त गरिन् ।