डाेल्पामा बाक्लाे हिमपात : हिउँमा हराए ६ जना भारतीय 


सेतोखरी सेतोखरी   ६ घण्टा अगाडि
डाेल्पामा बाक्लाे हिमपात : हिउँमा हराए ६ जना भारतीय 

नेपालगन्ज। डोल्पाको प्रशिद्ध शे–फोक्सुन्डो ताल जाँदै गरेका ६ जना भारतीय पर्यटकहरू सम्पर्कबिहीन भएका छन्। त्यो क्षेत्रमा भइरहेको बाक्लो हिमपातमा उनिहरू हराएका हुन्। 

शे–फोक्सुन्डो गाउँपालिका–४ र ८ को बीचमा पर्ने नुमला पास र वागला पास क्षेत्रमा उनीहरू सम्पर्कबिहीन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

स्थानीय गाइडहरूले हिमपातका कारण उक्त क्षेत्र पार गर्न कठिन हुने भन्दै स्थानीयवासीले पर्यटकहरूलाई सचेत गराएका थिए। तर, स्थानीयको सुझाव बेवास्ता गर्दै उनीहरू अघि बढेपछि हिउँमा फसेको हुनसक्ने अनुमान छ। 

वडा नम्बर ४ र ८ को बीचमा पर्ने उक्त पासहरूमा मोबाइल फोनको नेटवर्कसमेत उपलब्ध छैन। सञ्चार सम्पर्क नहुने भएकाले पर्यटकहरूको अवस्थाबारे जानकारी लिन कठिन भइरहेको प्रहरीले जनाएको छ। केही दिनयता जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार उपल्लो डोल्पामा २४४ जना पर्यटक पुगेका थिए। तीमध्ये १४९ जना नेपाली, ४४ जना सार्क मुलुकका र ५१ जना अन्य विदेशी नागरिक रहेका छन्। सम्पर्कविहीन भएका ६ जना भारतीय पर्यटक पनि यही २४४ जनाको सूचीभित्र रहेका छन्। 

यसबीचमा डोल्पाका जिल्ला प्रहरी प्रमुख डिएसपी अनिलराज गिरीले उनिहरूको खोजी र उद्धारका लागि हेलिकोप्टर माग गरिएको छ। 

सम्पर्कविहीन हुनेमा दुई महिला र चार पुरुष रहेका छन्। उनीहरू धोबाट फोक्सुन्डो तालतर्फ जाँदै थिए। उनीहरूको खोजी तथा उद्धारका लागि नेपाली सेनाको टोलीसमेत परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी जुनु हमालले बताइन्।