चालकबिनै गुड्ने सिड्नीको मेट्रोमा नेपाली भाषा


सेतोखरी सेतोखरी   ५ घण्टा अगाडि
चालकबिनै गुड्ने सिड्नीको मेट्रोमा नेपाली भाषा

अष्ट्रेलिया (सिड्नी)। सिड्नीमा सञ्चालित चालकरहित मेट्रो रेलमा अब सजिलै नेपाली भाषामा यात्राबारे जानकारी लिन सकिने भएको छ। चालकबिनै गुड्ने यो रेलमा अब नेपालीसहित विभिन्न ११ अन्तर्राष्ट्रिय भाषाहरू समावेश गरिएका छन्। सिड्नी अष्ट्रेलियाकै सबैभन्दा ठूलो सहर हो। र, यहाँ नेपालीको बसोबास पनि बाक्लै छ। 

अब मेट्रोका कर्मचारीको पोसाकमै उनीहरूले बोल्ने भाषाको पहिचान चिह्न (ब्याज) राखिनेछ।

सिड्नी मेट्रोका अनुसार, यात्रुको सुविधाका लागि कर्मचारीहरूले नेपाली, पञ्जाबी, ग्रीक र स्पेनीलगायत ११ वटा भाषाका चिह्न लगाउनेछन्।

पोसाकमा राखिने यस्तो भाषागत चिह्नले यात्रुलाई आफूले बोल्ने र बुझ्ने भाषाका कर्मचारी पहिचान गर्न सहज बनाउनेछ। 

यसबाट रेल यात्रा, गन्तव्यको पहिचान र मेट्रो सेवासम्बन्धी आवश्यक जानकारी लिन भाषाको अवरोध कम हुने अपेक्षा गरिएको छ।

अब मेट्रोमा यात्रा गर्दा कुनै सहायता आवश्यक परेमा यात्रुले आफूले बोल्ने भाषा उल्लेख गरिएको चिह्न लगाएका कर्मचारीसँग सिधै सम्पर्क गरेर जानकारी लिन सक्नेछन्।