नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाको उदासिनता कारण जमुनाह नाकाको दशगजाक्षेत्र दैनिक दुर्गन्धित बनिरहेको छ । उपमहानगरपालिकाले उक्त क्षेत्रलाई ‘डम्पिङ् साईट’ का रुपमा प्रयोग गरेपछि यो क्षेत्र दुर्गन्धित बन्दै गएको हो ।
उक्त नाका हुँदै नेपाल प्रवेश गर्ने जोकोहीले नाक धुनेर आवात–जावत गर्नुपर्ने अवस्था रहेको छ । सरोकारवाला निकायले सुधार गर्न कुनै चासो दिएका छैनन् ।
दशगजाको पश्चिमतिर उपमहानगरपालिकाको फोहोर फ्याक्ने ठाउँ बनाएपछि दिनप्रतिदिन समस्या बढ्दै गएको छ । फोहोर बोक्ने ट्याक्टरले नियमित रुपमा दशगजामै फोहोर राख्ने गरेको जमुनाह क्षेत्रका स्थानीय बताउँछन् ।
सशस्त्र प्रहरी बल महेन्द्रनगरका प्रमुख भेषबहादुर शाहले प्रवेशद्वार सफा र शुन्दर बनाउन आवश्यक रहेको बताए । शाहकै आग्रहमा मंगलबार दशगजामा सरसफाई
गरिएको छ । तर, उपमहानगरपालिका दशगजा क्षेत्र दुर्गधिन्त बनाउँने काममा सक्रिय भइरहेको छ ।
उपमहानगरपालिकाले यतिबेला शहरमा सरसफाई अभियान चलाएपनि दशगजा प्रवेशद्वारलाई भने दुर्गन्धित बनाउँने प्रयास जारी राखेको छ ।
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा