नेपालगन्ज : राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का परीक्षा बोर्डले बिहीबार पत्रकार सम्मेलन गरेर परीक्षाफल सार्वजनिक गरेको हो ।
यस वर्षको एसईई परीक्षामा १६ हजार ८२ ले ए प्लस ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार नतिजा प्रकशित गरेको हो । प्रकाशित नतिजाअनुसार ए प्लस ल्याउनेमा नौ हजार ५ सय ९६ छात्र र सात हजार २ सय ८६ छात्रा छन् ।
यस्तै, ४ हजार ९ सय ६० ले ए जीपीए ल्याएका छन् । जसमा २७ हजार २ सय ७९ छात्र र २१ हजार ६ सय ८१ छात्रा रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ७४ हजार ११० ले बी जीपीए ल्याए । जसमा ३९ हजार ९५ छात्र र ३५ हजार ५० छात्रा छन् ।
यसैगरी ६० हजार ७०६ जनाले बी प्लस जीपीए ल्याए । जसमा ३४ हजार १६६ छात्र र २६ हजार ५४० छात्रा छन् । ९७ हजार २९९ ले सी प्लस ल्याए । जसमा ४५ हजार ७८९ छात्र र ५१ हजार ५१० रहेको परीक्षा बोर्डले जनाएको छ । सी जीपीए ल्याउने ९५ हजार २ सय ९ जनता छन् । जसमा ४२ हजार ८८३ छात्र र ५३ हजार ३३६ छात्रा छन् ।
४३ हजार ८४० जना विद्यार्थीले डी प्लस ल्याएका छन् । जसमा छात्रतर्फ १९ हजार १३३ र छात्रातर्फ ३४ हजार ७०७ रहेका छन् । चार हजार ४२९ जनाले डी जीपीए ल्याए । जसमा १८६६ छात्र र २५६३ छात्रा छन् ।
गत चैतमा भएको परीक्षामा टेक्निलकलतर्फ चार लाख ५९ हजार २७५ ले परीक्षामा सहभागीता जनाएका थिए । परीक्षामा छात्रतर्फ दुई लाख ३० हजार १४१ र छात्रातर्फ दुई लाख २९ हजार १३४ ले भाग लिएको परीक्षा बोर्डले जनाएको छ ।
गत चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा बिहीबार सावर्ज्निक भएको हो । परीक्षामा चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।
परीक्षाफलमा चित्त नबुझी पुनर्याेग गर्नुवारेमा प्रति विषय ५ सय रुपैयाँ तिरेर नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिन सकिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा