जापानमा रुमल्लिएको जिन्दगी


जापानमा रुमल्लिएको जिन्दगी

विनोद अधिकारी

जापान (टाकियो) : नेपालमा छदा तीन पुस्तालाई पुग्ने गरि पैसा कमाउनु नै जिवन सफलताको मापदण्ड हो भन्ने सोच र मान्यता बोकेर जापान छिरेका हामीहरू यसैमा अलमलिएका छौ !

अर्को जड सोँच भने पढाईका धेरै डिग्रीहरू थुपार्नु र आफैलाई ठुलो मानिस र सफल ठान्नु पनि हो । सामान्य पैसा र पढाई भएका जापानिजहरुपनि सफल खुशी साथ जिन्दगी बाँचेका आफ्नै आँखा अगाडि देख्दा पनि हामीहरूले आँखा चिम्लिरहेका छाँै ।

हप्तामा पाँच दिन चालिस घण्टा काम गर्नु पर्नेमा हामी पैसाका खातिर भन्दै सातै दिन २४ औं घण्टा डब्बल काम गर्छौ । यसमा त झन् यहाँ आएर अध्ययन गर्ने विद्यार्थीको पीडा झनै कष्टकर र दर्दनाक छ ! घर, परिवार, खुशी, घुमघाम, जिवन सबै भुलेर अरबको खाडीमा केहि वर्षको लागि पैसा कमाउन गएकाहरु भन्दा झनै कष्टदायी काम गर्ने नै नेपालीको पनि कमि छैन जापानमा ! आखिर किन र के का लागि ?

यहाँको सरकारले छोराछोरीका खर्चका लागि विषेश प्याकेज मार्फत निश्चित रकम समेत प्रदान गर्दछ । १६ वर्ष पुगेपछि नै आफ्नो पकेट मनीको लागि काम शुरू आफै गर्छन् । ठिक्क काम गरे पछि निम्न आम्दानीमा कलेज सक्काएपछि जागीर निश्चित प्राय हुन्छ, फलस्वरुप कम्तिमा पनि १ र २० येन सहितको जागिर हात पारि हाल्छन् उनीहरु । आफ्नो खुट्टामा उभिने भै हाल्छन फेरि के को टेन्सन ।

जापानमा आएर पनि अझै पनि हाम्रो मानसिकता बोराका बोरा पैसा कमाउनु मात्र हो त ? मेरो देखाइ र बुझाईमा पैसाको चक्करमा दिनहँु घण्टौ काम गर्ने हामी नेपालीको जीवन जस्तो ब्यस्त र दुखी जिवन अरूको छैन । नेपालमा सचिव, मन्त्रि, ब्यापारी उद्योगपति वा अरब पति बावुआमा भए पनि यहा बिधार्थीहरूको संघर्ष र जिवनको कथा आफ्नै छ ।

यहाँ आएका हामी नेपालीहरु पैसा कमाउनकै लागि भनेर दिनरात कडा मेहनतका साथ काम गरिरहेका हुन्छौं । त्यतीले मात्र नपुगेपछि ओभरटाईम पनि गर्छौं ।
जापान आएका नेपालीले जापानिजको जिवनको पाटोलाई नजिकबाट बुझेर पनि किन अबुझ गर्छन् । एक सर्वेÞक्षण अनुसार जापानमा एक परिवारको लागि औसत आम्दानी ५० यान अर्थात नेपाली ५ लाख कमाएमा खुशी भएर बाँच्न सकिन्छ । एक लाख भन्दा बढि कमाउनेहरू पैसाकै ब्यबस्थापनमा जिन्दगीभर भौतारिरहेका हुन्छन् । ठिक्क कमाउनेहरू नै जिवनमा मोजमस्ति गरि खुशीका साथ बाँचेका हुन्छन् ।

अवसरको देशमा आएर पनि हामीहरू नयाँ अवसर र खुशीको जिवन बाँच्न सक्दैनौ र सिक्दैनौ भने नेपाल कै गाँउघरमा बसे भै हाल्यो नि । गाउँघरमा घाँस दाउरा, गोबर सोत्तर र खेतबारी गरे जस्तै यहाँ पनि सधै भरि काम–काम, पैसा–पैसा भनेर जापानिज खोल ओढेर पनि के को जीवन बाँच्नु र ?

देश, समय, अवस्था, आवस्यकता संगै हाम्रो साँेच र ब्यबहारमा पनि परिवर्तन आवश्यक छ । भावीले लेखेको जिवन धेरै छोटो हुन सक्छ जहाँ छौ जे छ त्यसैमै हरेक पल हरेक क्षण खुशीसंग बाँच्न सिकौ !