स्थानीय तहको उदासिनता:
नेपालगन्ज : बाँकेका स्थानीय तहमा प्रधानमनत्री रोजगार कार्यक्रम असफल बन्दै गएका छन् । यहाँका आठ स्थानीय तहमध्ये अहिलेसम्म कोहलपुर, नरैनापुर र खजुराका केही वडामा मात्रै उक्त कार्यक्रम लागू गरिएको छ । तर, कार्यक्रम लागू भएका तहमा समेत प्रभावकारी रुपमा कार्यक्रम अघि बढ्न सकेका छैनन् । ५ वटा स्थानीय तहले त कार्यक्रम सञ्चालन गर्ने लक्ष्ण नै देखाएका छैनन् ।
नेपालगन्ज उपमहानगरपालिकाका सबै वडामा अझै प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन हुन सकेको छैन् । उपमहानगरपालिका र उक्त कार्यक्रमका संयोजकको उदासिनता, ढिलासुस्ती र लापरवाहीका कारण उपमहानगरमा कार्यक्रम समयमै सञ्चालन हुन नसकेको हो ।
तर, प्रभावकारी नभएपनि कोहलपुर, बाँकेको सबै भन्दा विकट मानिने नरैनापुर गाउँपालिकामा यो कार्यक्रम संचालन भईरहेको छ । यसले पनि उपमहानगरको उदासिनता प्रष्ट हुन्छ । दुर्गममा समयमै कार्यक्रम सञ्चालन हुनसक्ने, सुगममा अन्यौल हुनु उपमहानगरको लापरवाही भन्दा अरु केही हुन नसक्ने जानकारहरु बताउँछन् ।
उपमहानगरमा रहेका २३ वटा वडामै उक्त कार्यक्रम लागू गर्नुपर्ने प्रावधान रहेपनि उपमहानगरपालिकाले जर्वरजस्ती काम देखाउँनका लागि शुक्रबार नगरका १९ र २१ वडामा मात्रै उक्त कार्यक्रम लागू गरेको छ । उपमहानगरका २१ वडा अझै उक्त कार्यक्रम लागू हुन नसकेको उपमहानगर नै बताउँछ ।
कार्यक्रम संयोजक हरिबोल भट्टराईका साथै उपमहनागरको उदासिनता र ढिलासुस्तीले तोकिएको समयमा शुरु हुन नसकेको उक्त कार्यक्रम यो आर्थिक वर्षमा उपमहानगरका अन्य वडामा सञ्चालन गर्न नसकिने भएको छ । यसले पनि उक्त कार्यक्रम सबै वडामा प्रभावकारी सञ्चालन गर्न उपमहानगरपालिका असफल देखिएको छ ।
संयोजक भट्टराईका अनुसार कार्यक्रम अन्र्तगत दुईवटा वडामा ४१ जनालाई रोजगारी प्रदान गरिएको छ । वडा नम्बर १९ मा बाटोमा माटो पटान तथा सरसफाई गर्नका लागि ३१ जना श्रमिकलाई खटाइएकोछ ।
वडा नम्बर २१ मा नाला सरसफाईका लागि १० जना श्रमिकलाई खटाइएको छ । रोजगारका लागि ७२ जना बेरोजगार यूवाले निवेदन दिए पनि अहिलेसम्म कामका लागि कोही नआएको नेपालगन्ज उपमहानगरपालिका बताउँछ ।
नेपालगन्जका चार सय १८ जना बेरोजगार यूवालाई रोजगार दिने बजेट रहे पनि कामका लागि यूवा नआएपछि कार्यक्रम संचालन गर्ने बारे अन्योल रहेको नेपालगन्ज उपमहानगरपालिका कार्यकारी प्रशासकीय अधिकृत हरि प्याकुरेल बताउँछन् ।
खजुरा गाउँपालिकाका सूचना अधिकारी दिलबहादुर पौडेलले पनि रोजगारका लागि फाराम भरेको यूवा मध्ये एकदमै कममात्र कामका लागि आएको बताए ।
उनले गाउँपालिकाले एउटा वडाबाट २५ जनाको दरले रोजगार दिने योजना भए पनि त्यसो हुन नसकेको बताए । उनले भने ‘एक त योजना छैन, अर्कोतर्फ यूवा बर्गले शारिरिक श्रम गर्ने काम गर्न रुचाउँदैनन् ।’
बाँकेका आठ स्थानीय तहमध्ये उपमहनागरपालिकासँगै डुडुवा, बैजनाथ, राप्तीसोनारी, जानकीमा पनि उक्त कार्यक्रम प्रभावकारी लागू नभएको गाउँपालिकाले बताएका छन् ।
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा