काठमाडौं: लोकसेवा आयोगलाई स्थानीय तहमा कर्मचारी छनोट गर्न र भर्ना प्रक्रिया सुरु गर्न बाटो खुलेकोछ ।
सर्वोच्च अदालतले सोमबार आयोगको विज्ञापन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिन अस्विकार गरेपछि त्यसका लागि बाटो खुलेको हो ।
यसैसगं लोकसेवा आयोगलाई देशभरबाट ९ हजार १सय ६१ कर्मचारी छनोट तथा भर्ना प्रक्रिया सुरु गर्न पाउने भएकोछ ।
आयोगले जेठ १५ गते स्थानीय तहका लागि विभिन्न पदमा कर्मचारी माग गर्दै विज्ञापन निकालेपछि संसदको राज्य व्यवस्था समितिले यो संविधानको मर्मअनुसार नभएको भन्दै विज्ञापन रद्द गर्न निर्देशन दिएको थियो ।
त्यसलगत्तै सर्वोच्चमा परेको रिटलाई सोमबार न्यायाधीश हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाई भएको हो । न्यायाधीसद्वयको सुनुवाईले उक्त प्रक्रियामा लाखौंले दरखास्त दिएको र उनीहरुको प्रतिस्पर्धा गर्न पाउने हक कुठिन्त गर्न नुहने जनाउँदै विज्ञापन उचित र आवश्यक भएको ठहर गरेको छ ।
साथै संविधानको धारा ४२ को कार्यान्वयन तथा समावेशीताका आधारमा विज्ञापन गर्न सम्पूर्ण देशलाई एउटै इकाई मान्ने कि स्थानीय तहलाई भन्ने प्रश्न मुद्दाको अन्तिम निरुपणसँग सम्वन्धित भएको आदेशमा उल्लेख छ ।
इजलासले निवेदनलाई अग्राधिकार दिन र लिखित जवाफ परेको वा पर्ने अवधि नाघेको १५ दिनभित्र पूर्ण सुनुवाईका लागि पेश गर्न आदेश समेत दिएको छ ।
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा