नेपालगन्ज : बाँके राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ लालपुरमा आमालाई क्यान्सर र छोराका दुवै मृगौला फेल हुँदा उपचारमा समस्या भएको छ । ६० बर्षिया तुलसा शाहीलाई फोक्सोमा क्यान्सर भएको छ भने उनका कान्छा छोरा २४ वर्षीय हिरेन्द्रका दुवै मृगौला फेल भएका छन् ।
आर्थिक अवस्था निकै कमजोर रहेको परिवारमा आमालाई क्यान्सर र छोराका मृगौला फेल हुँदा उपचारमा समस्या भएको वडा अध्यक्ष रामलखन थारुले जानकारी दिए ।
‘एकैघरमा दुई जनालाई प्राण घातक रोग लागेको छ’ उनले भने, ‘आर्थिक अवस्था समेत कमजोर रहेको परिवारमा आर्थिक अभावमा अहिले उनीहरुको उपचारमा निकै समस्या भएको छ ।’
लामो समयदेखि बिरामी परेकी तुलसालाई गत असोजमा भरतपुर क्यान्सर अस्पतालमा चेकजाँच गराउँदा फोक्सोको क्यान्सर भएको पत्ता लागेको थियो । एक दशक अघि कक्षा ८ मा अध्ययनरत हिरेन्द्रको पिसाव नलीमा पत्थरी देखा परेको थियो ।
परिवारका अनुसार उक्त समयमा पत्थरीको अप्रेशन भारतमा गरिएको थियो । भारतका विभिन्न ठाउँमा मजदुरी गर्न जाने गरेका उनको डेढ बर्ष अघि गुजरातको अस्पतालमा चेक गराउँदा दुवै मृगौला फेल भएको रिपोर्ट आएको थियो । भारतमा मजदुरी गरेर परिवार चलाउदै आएका हिरेन्द्रको परिवारका आमा छोरा नै प्राण घातक रोगबाट थलिएपछि उपचारमा समस्या भएको छ ।
मृगौला पिडित हिरेन्द्रकी भाउजु विमला शाहीले आर्थिक अभावको कारणले दुवै जनाको सुविधासम्पन्न अस्पतालमा समयमा नै उपचार गराउन नसकेको बताइन् ।
‘जग्गाका नाममा एक कट्ठा पनि परिवारको नाममा छैन’ उनले भनिन्, ‘सासु र देवरको उपचार गराउँदा धेरै रकम खर्च लाग्छ, अहिले निकै समस्या छ ।’ उनका अनुसार अहिलेसम्म ब्याजमा रकम ल्याएर उपचारका क्रममा ४ लाख भन्दा बढी खर्च भइसकेको छ ।
हिरेन्द्रको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा हप्ताको दुई पटक मृगौलाको डाइलोसिस गराउने गरिन्छ । यसैबीच, बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ७, सल्यानका २७ बर्षिय हेमन्त सिंह ठकुरी अहिले दुबै मृगौलाले काम गर्न छोडेपछि मृत्युसँग लडिरहेका छन् ।
सामान्य परिवारका उनको उपचारको लागि घरपरिवारले खर्च धान्न नसकेपछि अहिले उनी समस्यामा परेका छन् । ठकुरीको ज्यान बचाउनका लागि अहिले बाँकेकाका युवाहरु लागिपरेका छन् । ‘हेमन्त सिंह ठकुरी बचाऔ’ अभियानमा बाँकेका केही युवाहरु आफ्नो क्लव मार्फत आर्थिक जोहो गर्न लागेका हुन । अभियानमा एकता युवा क्लब आयोजक र परोपकार ब्रदर्स सहआयोजकले असार २० गते नेपालगन्जमा ठकुरीको सहयोगार्थ ‘च्यारिटी ईभेन्ट’ गर्न लागिएकोछ ।
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा