नेपालगन्ज : बाँकेमा साना, मझौला र ठूला गरी १८ हजार बढी उद्योग व्यवसाय सञ्चालनमा रहेको एक प्रतिवेदनले देखाएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको छ ।
राष्टिूय आर्थिक गणनाको प्रतिवेदन सार्वजनिक गर्दै विभागले बाँकेमा १८ हजार ६ सय ६६ उद्योग व्यवसाय रहेको उल्लेख गरेको छ । जसमा ६४ हजार ८ सय ८२ जनाले रोजगारी पाएको उल्लेख छ ।
रोजगारी पाउनेमा ४४ हजार ३ सय ३३ जना पुरुष र २० हजार ४९ जना महिला रहेका छन् । बाँके जिल्लामा पछिल्लो समय उद्योग, कलकारखाना खुल्ने क्रम बढेको घरेलु कार्यालय बाँकेले पनि बताएको छ ।
तथ्यांक अनुसार बाँकेमा आर्थिक क्रियाकलापमा महिलाको नेतृत्व बढ्दै गएको छ । देशभरमा अहिले रहेका कूल आर्थिक प्रतिष्ठानमध्ये २ लाख ७३ हजार ४ सय ६३ प्रतिष्ठान महिलाको नाममा दर्ता छन् । पुरुषको नाममा भने ६ लाख ४८ हजार ७ सय ७३ वटा छन् । ३० देखि ४० वर्ष उमेर समूहका व्यक्तिले सबैभन्दा धेरै आर्थिक प्रतिष्ठान चलाएका छन् ।
विभागले यस गणनाबाट सरकारले पहिलो पटक इसर्वेक्षणको पनि शुरुवात गरेको छ । अनलाइन प्रणालीका माध्यमबाट आफ्नो विवरण भर्न सक्ने गरी विभागले व्यवस्था मिलाएको छ । यसबाहेक विभागबाट खटिएका गणकहरु आर्थिक क्रियाकलाप भइरहेकै स्थानमा पुगेर विवरण संकलन गरेका थिए ।
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा