चट्याङबाट बच्न के गर्ने ?


चट्याङबाट बच्न के गर्ने ?

गृह मन्त्रालयका अनुसार बुधबारसम्म चट्याङका कारण यो वर्ष मृत्यु हुनेको संख्या ३१ पुगेको छ । वर्षायाममा चट्याङबाट बच्न गड्याङ–गुडुङ सुनेपछि के गर्ने त ? यस्ता छन् गृह मन्त्रालयले दिएका सुझाव ।

घरबाहिर हुँदाः

१) अग्लो र एक्लो रुखमा ओत नलाग्ने

२) पौडिने र माछा मार्ने, र्याफ्टीङजस्ता क्रियाकलाप नगर्ने

३) खुला मैदानमा नरहने ।

४) धातुको तारबारको नजिक नबस्ने 

५) मैदानमा लतमन्न परेर नसुत्ने वा नखेल्ने 

६) मानिसको समूह वा झुण्ड तथा मेला, हाटबजार वा महोत्सवमा नरहने 

७) फुटबल, क्रिकेट, गल्फजस्ता खेलहरु तुरुन्त बन्द गर्ने 

८) गाईबस्तुहरुलाई सुरक्षित स्थानतर्फ लैजाने 

९) जंगलमा हुनुहुन्छ भने त्यहाँ रहेका स–साना रुखहरुका बीचमा बस्ने 

१०) पक्की घर वा गाडी नजिक हुनुहुन्छ भने घर वा गाडीभित्र झ्याल ढोका बन्द गरी बस्ने 

११) नजिकै हाई भोल्टेजको तार भएमा दुई खम्बाको बीचमा ओत लागेर बस्ने 

१२) केही गरी खुला मैदानमा परे दुई घुँडाबीच टाउको लुकाई टुक्रुक्क बस्ने 

घरभित्र हुँदा के गर्ने ?

१) विद्युतीय सामग्रीहरु प्रयोग नगर्ने

२) तारसहितको टेलिफोन प्रयोग गरी कुरा नगर्ने 

३) घरबाट बाहिर ननिस्कने 

४) धारामा नुहाउने, लुगाधुने वा भाँडा माझ्ने काम नगर्ने 

५) विद्युतीय सामग्रीको नजिक पनि नबस्ने 

६) अत्यावश्यक अवस्थामा मोबाइल वा कर्डलेक्स फोन प्रयोग गर्ने 

७) झ्याल ढोका बन्द गरी घरको भित्तादेखि टाढै बस्ने

८) नुहाउनै पर्ने भएमा बाल्टिनको पानीले नुहाउने वा धुने कार्य गर्ने 

९) केबुल तथा एन्टेनाको तारहरु उपकरणबाट छुटाउने 

१०) विद्युतीय सामग्रीका तारहरु प्लगबाट छुटाउने