स्टेट कोअर्डिनेटर पदको मैदानमा उत्रिए भण्डारी

एनआरएनए अष्ट्रेलियाको चुनावी सरगर्मी


स्टेट कोअर्डिनेटर पदको मैदानमा उत्रिए भण्डारी

अष्ट्रेलिया: एनआरएनए अष्ट्रेलियाको यहि जुलाई ६ तारिखमा हुन लागेको निर्वाचनका लागि वेष्टर्न अष्ट्रेलियाबाट नविन भण्डारी मैदानमा उत्रिएका छन् ।
एनआरएनए वेष्टर्न अष्ट्रेलियाको स्टेट कोअर्डिनेटर पदमा भण्डारी चुनावी मैदानमा उत्रिएका हुन् ।

यतिखेर अष्ट्रेलिया एनआरएनए चुनावमय भएको छ । उम्मेदवार भण्डारीलाई चुनावले एकछिन् फुर्सद छैन । १२ वर्षदेखि अष्ट्रेलियामा बस्दै आएका भण्डारी समाजसेवामा अव्बल छन् ।

अष्ट्रेलियामा बसेका नेपालीलाई पर्ने हरेक समस्यामा मल्हम लगाउने काम उम्मेदवार भण्डारीले गरिरहेका छन् । त्यसैले पनि उनी अष्ट्रेलियामा सबैमाझ परिचित छन् ।
स्टेट कोअर्डिनेटर पदका उम्मेद्वार भण्डारीले आफुले यहाँ बस्ने नेपालीलाई सक्दो सहयोग गर्दै आइरहेको बताए ।

‘कसैलाई दुःख परेको म टुलुटुलु हेर्न सक्दिन । सहयोग गर्न मन लागि हाल्छु ।’ एनआरएनए अष्ट्रेलियाको चुनावी प्रचारमा रहेका भण्डारीले भने ‘अनि म सहयोग गर्न लागि पर्छु ।

उनले थुप्रै नेपालीलाई पिआर समेत दिलाई दिएको बताए । अप्ठेरोमा परेका नेपालीलाई सहयोग गर्नु नै उम्मेद्वार भण्डारीको बिशेषता हो ।

सन २०१० मा उनले अष्ट्रेलियाबाट स्नोतकोत्तर पास गरेका हुन् । त्यसपछि २०१० देखि ७ बर्षसम्म वाइएमसिएमा सेन्टर डाइरेक्टर भएर काम गरे उनले । त्यससमयमा पनि थुप्रै नेपालीलाई विभिन्न सहयोग गरे भण्डारीले ।

हाल मेरिलिण्डा सन्टर म्यानेजरमा कार्यरत छन् उनी । नेपालमा विभिन्न ठाउँमा लगानी भित्र्याउन उनी तल्लिन छन् । साथै भिजिट नेपाल २०२० लाई अष्ट्रेलियामा प्रवद्र्धन गर्ने उम्मेदवार भण्डारीको लक्ष्य छ । उनको प्यानलबाट केशव कडेंल एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदमा निर्वाचनमा उम्मेद्वार उठेका छन् ।