दुई अर्ब २८ करोड ८५ लाख ५४ हजारको बजेट
नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ का लागि सार्वजनिक गरेको दुई अर्ब २८ करोड ८५ लाख ५४ हजारको बजेट पारित भएको छ ।
बिहीबार नेपालगन्जमा भएको उपमहानगरपालिकाको पाचौ नगर सभाले उक्त बजेट पारित गरेको उपमहनागरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले बताए ।
विनियोजन विधेयक र आर्थिक विधेयक स्वीकृत गर्दै असार १० गतेदेखि जारी नगर सभा बिहीबार सकिएको छ । नगरप्रमुख डाक्टर धवल शम्शेर राणाले पेश गरेको निती तथा कार्यक्रम समेत परिमार्जन र संशोधनसहित स्वीकृत गरिएको प्याकुरेलले जानकारी दिए ।
उपमहनागरले चालु खर्चतर्फ एक अर्व २१ करोड ४७ लाख ७२ हजार, पूँजीगत तर्फ एक अर्व ४ करोड ३७ लाख ८१ हजार विनीयोजित बजेट प्रस्तुत गरेको थियो ।
नगर प्रमुख डा राणाद्धारा सभामा प्रस्तुत आर्थिक विधेयकले कर, राजश्व संकलनलाई सहज र प्रभावकारी बनाइने विश्वास गरिएको छ ।
नगर सभा समापन समारोहमा २९ जनालाई कदरपत्रसहित सम्मान पनि गरिएको छ । उपपमहानगरपालिकाले कलाकार, सफल उद्यमी, पत्रकार, कर्मचारी गरि २९ जनालाई सम्मान गरेको हो ।

सम्मान समारोहमा बोल्दै नगर प्रमुख राणाले दुई वर्षे अवधीमा भौतिक पुर्वाधार लगायत महत्वपूर्ण कार्य गरिएको भन्दै नेपालगन्जलाई चाडै नै विकासको उत्कृष्ट शहर बनाउने उद्घोष गरेका छन् ।
बागेश्वरी मन्दिर नजिक सात तले बागेश्वरी कम्पलेक्स, नगरभवनमा बहुतले पार्किङ सहितको सपिङ कम्पलेक्स निर्माण, नगर वस सञ्चालन आदिलाई प्राथमिकता दिईएको उनले बताए ।
कर संकलनको दायरा फराकिलो बनाउँदै फुटपात र फोहरलाई व्यवस्थित गरिने पनि उनको भनाई छ । उपमहानगरपालिकाले खेलाडी पे्रत्साहन कार्यक्रम पनि ल्याएको छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगीतामा उपमहानगरपालिकाबाट प्रतिनिधित्व गर्दै विभिन्न पदक प्राप्त गर्ने खेलाडी तथा टीमलाई प्रोत्साहन स्वरुप नगद दिइने भएको छ ।
उक्त सभामा उपमहनागरपालिकाले पत्रकारद्वय निशु जोशी (रेडियो सद्भाव) र झलक गैरे (नेपालगन्ज दैनिक) लाई सम्मान समेत गरेको प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले जानकारी दिए।
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा