नेपालगन्ज : दुई पक्षिय सम्झौता भएको एक महिनामा सक्नुपर्ने घरबारीटोलको सडक निर्माण अहिलेसम्म पनि काम नसकिदा नागरिकलाई सास्ती हुँदै आएको छ ।
नेपालगन्जको धम्बोझीदेखि बागेश्वरी मन्दिर जाने सडक निर्माणमा ठेकेदार कम्पनीले ढिलाई गर्नुका साथै नेपालगन्ज उपमहानगरपालिका उदासिन रहँदा यस्तो समस्या देखिएको हो ।
गएको बैशाख २३ गते ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । उक्त सम्झौतामा जेठ २५ गते काम सक्ने भनिएको थियो । तर, ठेकेदारको लापरवाही, ढिलाई र उपमहनागरपालिकाको उदासिनताकै कारण असार सकिन लागदा सम्मपनि उक्त सडक र गेट निर्माण हुन नसकेको घरबारीटोलबासी बताउँछन् ।
उक्त सडक समयमै निर्माण पुरा नहुँदा आवतजावतमै समस्या भइरहेको छ । यसले यहाँको व्यवसायिक कारोवारमा समेत प्रभाव पारेको व्यावसयी चन्द्र सुवेदी बताउँछन् ।
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा