नेपालगन्ज : आर्थिक वर्षमा मात्रै नरैनापुर गाउँपालिकामा पिसिसी सडक ३ दशमलव ५ किलोमिटर निर्माण भएको छ । ग्राभेल तथा कच्ची बाटो ५ किलोमिटर, नाला निर्माण १ किलोमिटर र सल्याव कलभर्ट ३ वटा निर्माण गरिएको छ ।
यसले पनि बाँकेको नरैनापुर अब सुगम स्थान बन्दै छ । बाँकेमा आठ स्थानीय तह मध्ये विकासमा पछि परेको नरैनापुर अहिले विस्तारै आफ्नो परिचय बदल्दैछ ।
बाटोघाटो, विजुली बत्ती, वित्तीय सेवा लगायतको सेवा सुविधा पर्याप्त नहुँदा यो गाउँपालिका विकट मानिएको हो । अहिले सडक विस्तारलाई अभियानकै रुपमा चलाइँदा सडक सञ्जालले सबै गाउँ टोल र बस्तीहरु जोडिँदैछन् ।
नरैनापुरको सडक स्थानीय सरकार आएपछि सुधारिँदै गएको छ । साना तथा ठूला सडकहरु बन्ने क्रममा छन् । केही सडकहरु पक्की निर्माण भएका छन् ।
केहीलाई ग्राबेल तथा माटो पटान गरिएको छ । सडकलाई सुरुबाटै फराकिलो बनाउने सोचका साथ विकास निर्माणका कामहरु भइरहेको गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले बताए ।
जनप्रतिनिधि आएपछि नरैनापुरको विकासमा तिव्रता आएको कालाफाँटाका स्माइल खाँले बताए । उनले खासगरी गाउँ–गाउँमा पक्की र कच्ची फराकिला सडक बनेको देख्दा आफूहरु दंग परेको बताए ।
वडा नम्बर ५ जमुनीमा गत बर्ष हुलाकी सडकबाट गाउँ जोड्ने ६ मिटर चौडाईको ५ सय मिटर लामो पक्की बाटो बनाएको गाउँपालिकाले यो बर्ष स्थानीयका घर नै भत्काएर नालीसहितको थप १ किलोमिटर पक्की बाटो बनाएको छ ।
स्थानीयको सहयोगमा नरैनापुरमा सडक विकासको काम गर्न सजिलो भएको गाउँपालिकाले जनाएको छ । सुरु सुरुमा घर भत्काएर बाटो बनाउन आनाकानी गरेका स्थानीयले गाउँमै गाडी छिर्ने पक्की बाटो बन्ने भएपछि गाउँपालिकालाई बाटो बनाउन साथ दिएका छन् ।
अध्यक्ष इस्तियाक अहमद शाहका अनुसार घर अगाडि गाडी नै गुड्ने पक्की बाटो बनेपछि स्थानीय अहिले खुसी भएका छन । नरैनापुरका अधिकांश बाटाहरु कृषि सडकका रुपमा विकसित गरिने र किसानले उत्पादन गरेको अन्नबाली सहजै नेपालगन्जसम्म पु¥याउन सहज हुने विश्वास गरिएको छ ।
हुलाकी सडकबाट भारतीय सीमा जोड्ने पक्की बाटो बनाउने योजना अन्तर्गत् ६ वटै वडामा गत बर्षदेखि पक्की बाटो निर्माण भइरहेको छ । अहिले नरैनापुरको अवस्था निकै फेरिएको छ । नरैनापुरसम्म जाने मुख्य सडक केही पिच भइसकेको छ ।
गाउँमा ६/६ मिटरका सडकहरु बनिरहेका छन् । कच्ची बाटो भएको ठाउँमा बाटो चौडा गरी नाली सहितको पक्की बनाउने र सडक नै नभएको ठाउँमा धमाधम नयाँ सडक बनाउने काम भइरहेको अध्यक्ष शाह बताउँछन् ।
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा