नेपालगन्ज : बाँके जिल्लाबाट यस वर्ष मुस्लिम समुदायका १ सय २३ जना हज गर्नका लागि साउदी अरेबियाको मक्का मदिना जाने भएका छन् ।
मक्का मदिना हज गर्न जान यस जिल्लाबाट झण्डै दुई सय जनाले केन्द्रीय हज समितिमा आवेदन गरेका थिए । तर, कोटा अभावका कारण यो वर्ष १ सय २३ जनाले मात्र हज गर्न मक्का मदिना जान पाउने भएका छन् ।
केन्द्रीय हज समितिका सदस्य मेराज अहमद हलवाई हिमालयका अनुसार हज यात्राका लागि यसवर्ष साउदी अरेबिया सरकारले नेपाललाई एक हजार दुई सय कोटा दिएको छ ।
उनका अनुसार यसवर्ष बाँकेबाट साउदी अरेबियाको मक्का मदिना हज गर्न १ सय २३ जना छनोट भएका छन् ।
‘हजयात्रीकोहरुको अन्तिम लिस्ट आइसकेको अवस्था छ’ उनले भने, ‘नाम परेका हजयात्रीहरुले समेत आफ्नो तयारी थालिसकेको अवस्था छ ।’ आवेदन दिएकाहरुले आफ्नो नाम परे नपरेको जिल्ला प्रशासन कार्यालय बाँकेमा गएर समेत हेर्न सक्नेछन् ।
बाँके जिल्लाका हज तीर्थयात्रीको टोली साउन ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयर अरेबियाको जहाजबाट साउदी अरबका लागि प्रस्थान गर्नेछन् ।
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा