नेपालगन्ज : पछिल्लो समय बाँकेमा अबैध खसीबोकाको कारोबारमा तस्कर सक्रिय भएको पाइएको छ । हप्तादिन नवित्दै अबैध सयौं खसीबोका प्रहरीले नियन्त्रणमा लिन थालेपछि यस्तो तथ्य बाहिर आएको हो ।
खुला सीमा नाकाको फाईदा उठाउँदै तस्करले अबैध रुपमा भारतबाट खसीबोका नेपाल भित्र्याईरहेका छन् । योसँगै भन्सार कार्यालयमा तस्कर र कर्मचारीबीच दरो सेटिङ् भइरहेको पनि खुलासा भएको छ ।
नेपालगन्ज भन्सार कार्यालयका कर्मचारीले रकमको चलखेल र तस्करको प्रलोभनमा पर्दै प्रहरीले नियन्त्रण गरी बुझाएका खसीबोका सहजै छाडिदिएको एक अधिकारी बताउँछन् ।
नेपालगन्जको र अगैयाको खसीबोकाको मूल्य जोड्दा करिब २० लाखका खसीबोका प्रहरीले नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा पठाएको थियो । तर, तस्करसँगको सेटिङ्कै कारण भन्सार कर्मचारी ती अबैद्य खसीबोका सहजै छोडिदिएको स्रोत बताउँछन ।
तस्कर र नेपालगन्ज भन्सार कार्यालयका कर्मचारीबीचको आर्थिक प्रलोभन र कमिसनको चक्करले प्रहरीको मेहनत ब्यर्थ गएको एक प्रहरीले आफ्नो नाम नछाप्ने शर्तमा भने–‘हाम्रो एकल प्रयासले मात्र अबैध कार्य रोकिदैन ।
कागजात विना नियन्त्रणमा लिइएका खसीबोका हामी समाउछौं, भन्सार कार्यालयले छाडिदिन्छ । तस्करको सक्रियतामा भारतबाट भन्सार छलेर ल्याइएका लाखौ मूल्यका खसीबोका प्रहरीले समाउँछ तर, भन्सारले प्रहरीद्वारा नियन्त्रणमा लिइएका खसीबोकालाई सहजै छोड्ने गरेको छ । यसले खसीबोका तस्करमा संलग्न ब्यक्ति झन् सक्रिय भएका छन् ।
यता नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले भन्सारले तस्करसँगको सेटिङ्मा कुनैपनि काम नगर्ने दाबी गरेका छन् । उनले प्रहरीले पक्राउ गरी भन्सारमा ल्याएर दर्ता गरेका कुनैपनि बस्तुको नियम अनुसार लिलाम गर्ने गरिएको बताए ।
उनले भने ‘अब कसैले बाटोमै चलखेल गर्छ र भन्सारलाई दोष लाउँछ भने त्यो गलत हो ।’ खसीबोकाको हकमा भन्सारमा दर्ता भएका जति नियमसंगत लिलाम गरिएको छ उनले भने ‘भन्सार कर्मचारीको सेटिङ्मा खसीबोका छोडियो भन्ने आरोप गलत हो ।’
असार १३ गते नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २, दैलेखी बङ्गालाबाट जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयको टोलीले अवैध नेपाल भित्र्याइएका खसीबोका आफ्नो नियन्त्रणमा लिएपनि ओसारपसारमा संलग्न ब्यक्तिलाई पक्राउ गर्न प्रहरी असफल भएको थियो ।
यो घटना सेलाउन नपाउदै बाँकेको अगैयाबाट प्रहरीले रा १ ख १९०८ नम्बरको ट्रकमा लोड गरिएका काठमाडौं लैजादै गरिएका १ सय ३१ वटा अबैध खसीबोका बरामद ग¥यो ।
अगैया प्रहरी चौकीका ईन्चार्ज असई प्रेमप्रसाद शर्माका अनुसार उक्त खसीबोकाको मूल्य करिब १३ लाख १० हजार अनुमान गरिएकोछ । भारतबाट अबैध रुपमा भन्सार छलि नेपाल भित्र्याइने यस्ता खसीबोका छिमेकी जिल्ला दाङ्, सुर्खेत, काठमाडौं र पोखरामा पठाउने गरिएको छ ।
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा