नेपालगन्ज : डिभिजन वन कार्यालय बाँकेले शुक्रबारदेखि किसानलाई बिरुवा बितरण शुरु गरेको छ । वन कार्यालय हाता भित्र रहेको नर्सरीबाट जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकी गाउँपालिका वडा नम्बर ३ का किसान अब्दुल हुसिद बागवानलाई विभिन्न जातका बिरुवा प्रदान
गरेर बिरुवा बितरण कार्यक्रमको शुरुवात गरेका छन् ।
किसानलाई बिरुवा बितरण गर्दै उनले बिरुवालाई रोपेर मात्र नहुने भन्दै उचित स्याहार, सुसार र संरक्षण सहित हुर्काउने बढाउने र हरियालीलाई प्रवर्द्धन गरेर मानव जिवनको जिवन शैलीकै रुपमा अगाडि बढाउनुपर्ने बताए ।
डिभिजन वन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत मोहन श्रेष्ठले हरेक वर्ष किसानलाई वन कार्यालयले निःशुल्क बिरुवा बितरण गर्दै आएको बताए । यस वर्ष पनि डिभिजन वन र सब डिभिजन वनले गरी जिल्लामा विभिन्न १७ प्रजातीका ३ लाख २० हजार बिरुवा उत्पादन गरि बितरण शुरु गरेको जानकारी दिए ।
उनले वायु प्रदुषणबाट हुने आक्रमणबाट वच्न तथा वातावरणलाई सन्तुलित राख्नका लागि वृक्षारोपण महत्वपूर्ण भएको बताए । हरियाली प्रवर्द्धनका लागि असार १४ लाई सरकारले वृक्षारोपण दिवस घोषणा गरेको स्मरण गर्दै वन अधिकृत श्रेष्ठले सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ लाई वृक्षारोपण बर्षको रुपमा घोषणा गरेको जानकारी दिदै उनले ५ करोड बिरुवा उत्पादन गरि वृक्षारोपण गर्ने सरकारको योजना रहेको बताए ।
यसैबीच, खजुरा गाउँपालिका वडा नम्बर ३ ले किसानलाई बिरुवा बितरण गरेको छ । ग्रिनसिटीको अवधारणा बोकेको खजुरा गाउँपालिकालाई हराभरा तथा वातावरण मैत्री बनाउन बिरुवा बितरण गरिएको हो ।
खजुार गाँउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कान्तुराम गौतम, वडा सचिव थानेश्वर न्यौपानेले किसानलाई बिभिन्न जातका बिरुवा बितरण गरेका हुन् । शुक्रबार वितरण गरिएका विरुवामा सागुवान, कोईरालो, नीम लगायतका ४ हजार बिरुवा रहेको वडा सचिब थानेश्वर न्यौपानेले बताए ।
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा