नेपालगन्ज : करिब १२ अर्ब लगातमा पुरा हुने भनिएको नेपालगन्ज विमानस्थलको गुरुयोजना अलपत्र परेको छ । विमानस्थलमा निर्माण लगायतका विविध काम भइरहेपनि स्तरोन्नतिका लागि बनाईएको अन्तर्राष्ट्रियस्तरको गुरुयोजना अलपत्र परेको हो ।
गुरुयोजना कार्यान्वयनका लागि बजेटको अभाव रहेको नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख प्रेमनाथ ठाकुर बताउँछन् । बजेट अभावले नै विमानस्थलको भित्री मर्मत सुस्त छ ।
क्यान्टिन र यात्रु प्रतीक्षालयको निर्माण पूरा हुन सकेको छैन । ६ महिनाभित्र सक्नुपर्ने काम एक वर्षसम्म पूरा नहुँदा पनि सरोकारवाला निकाय मौन छ । ठेकेदारको ढिलासुस्तीले निर्माण अलपत्र भएको विमानस्थलका प्रमुख ठाकुरले बताए । ‘ठेकेदारको अत्तोपत्तो छैन, सम्पर्कमै आउँदैन,’ उनले भने, ‘काम अलपत्र छोडेको छ ।’
उक्त विमानस्थलको काठमाडौंस्थित एकेएच कन्स्ट्रक्सनले ठेक्का लिएको उनी बताउँछन् ।
उनका अनुसार अहिले क्यान्टिन र प्रतीक्षालय व्यवस्थित नहुँदा यात्रु बिसौनीमा असहज तरिकाले बस्ने गरेका छन । पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएको काम पनि अधुरो छ । पम्पुले विमानस्थलको ‘ओभरले’ गरेका थियोे । तर, उसले गर्नुपर्ने मार्किङ, नाली, ग्रेडिङ अलपत्र छोडेको छरु। काम पूरा गर्न पटक–पटक पत्राचार गरे पनि टेरपुच्छर नलगाएको ठाकुर बताउँछन् ।
विमानस्थलमा ६ वटा ठूला जहाज अटाउने पार्किङ वे निर्माणाधीन अवस्थामा छन् । पार्किङ वेको निर्माणपछि नेपालगन्ज विमानस्थलमा ८ वटा ठूला जहाज अवतरण र पार्किङ गर्न सहज हुने उनी बताउँछन् ।
विमानस्थलको पार्किङ एरियामा मात्र साढे २८ करोड रुपैयाँ लगानी हुँदै छ । यसअघि नेपालगन्ज विमानस्थलको स्तरवृद्धिका लागि मास्टर प्लान बनाइ सो अनुरुप काम भइरहेकोछ । नेपालगन्ज विमानस्थल अहिले १ सय ६६ विगाहमा छ ।
त्यसमा सय विगाह जमिन थप्ने, तत्काल नै दुई सय मिटर रन वे थप्ने र भविष्यमा यसलाई दुई हजार ६ सय मिटर बनाउने, विमानस्थललाई पूर्वतिर बिस्तार गर्ने, डुडुवा खोलालाई डाइभर्सन गर्नेलगायतको मास्टर प्लानको योजनामा समेटिएकोछ ।
त्यसका लागि १२ अर्ब ५० करोड रकम लाग्ने विमानस्थल व्यवस्थापन समितिले अनुमान गरेको छ । विमानस्थललाई पूर्वतिर बिस्तार गर्दा सो क्षेत्रमा रहेका जग्गाधनीलाई मुअब्जा दिनुपर्नेहुन्छ ।
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा