नेपालगन्ज : करिब पाँच वर्षअघि सर्वे गरिएको नेपालगन्जस्थित बाहिरी चक्रपथ अहिले पनि अलपत्र अवस्थामा छ । सर्वेअनुसार २३ दशमलव ८६ किलोमिटर लम्बाइ भएको चक्रपथको सात मिटर कालोपत्रे, अढाई मिटर ग्राभेल गरी जम्मा १६ मिटर चौडाइ भएको बाटो निर्माण हुने उल्लेख छ ।
चक्रपथ निर्माणका लागि सरकारले वर्षेनी बजेट विनियोजन गरे पनि बजेटको ठूलो हिस्सा फ्रिज हुने गरेको छ । सडक डिभिजन कार्यालयका अनुसार सर्वे भएपछि निर्माण सुरु भएको थियो ।
सरकारले दुई करोड २० लाख रुपैयाँ सुरुमै विनियोजन गरेको थियो । एक करोड ९ लाख २७ हजार चार सयमा ठेक्का भई आठ सय २३ मिटर चौलिगाचौक नजिक कालोपत्रे भएको छ ।
जसमा निर्माण व्यवसायीले एक करोड तीन लाख ८३ हजार रुपैयाँ भुक्तानी समेत लिएको छ । सडक डिभिजनले प्रत्येक वर्ष चक्रपथ निर्माण गर्न करोडौं बजेट छुट्याउँदै आएको थियो ।
गत आर्थिक वर्षमा मात्रै सात करोड ४५ लाख बजेट चक्रपथ निर्माण गर्न विनियोजन गरिएको थियो । तर, चक्रपथको काम नहुँदा रकमान्तर गरी पुल निर्माणमा खर्च गरिएको बताईएको छ ।
गत आर्थिक वर्षमा सात करोड ३५ लाख रुपैयाँ विनियोजन भएको थियो । तर चक्रपथ निर्माण योजना नै बन्द हुने देखिएपछि रकमान्तर गर्नुपरेको थियो ।
‘सरकारले चक्रपथ निर्माणका लागि ठूलो स्केलमा बजेट विनियोजन गरेको छैन, सानो स्केलको बजेटले काम गर्ने स्थिति नभएको उपमहा नगरपालिकाका प्रमुख डाक्टर धवलशम्सेर राणा बताउँछन् ।
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना मुख्य बाधक देखिएको र अन्यत्र क्षेत्रबाट चक्रपथ निर्माण गर्न जग्गाको मुआब्जा दिन नसकिने स्थिति देखिएपछि चक्रपथ योजना करिब अन्त्य भएको मेयर राणाले बताउँदै आएका छन् ।
कुल २३ दशमलव ८६ किलोमिटर लम्बाई रहेको चक्रपथ सिक्टा आयोजनाको नहरलाई आधार बनाएर सर्वे गरिएको थियो । तर, सिक्टाको नहर निर्माण सम्पन्न नभएकाले चक्रपथ निर्माणले गति लिन सकेन ।
‘जनप्रतिनिधिका हैसियतले समन्वयकारी भूमिका खेल्न स्थलमै गएर अध्ययन गरँे’, मेयर राणाले भने, ‘पहिलो बाधक सिक्टा देखिएको छ । रिङरोड सिक्टा नहरको लाइनमा करिब ९० प्रतिशत क्षेत्रमा पर्छ । पप्पु कन्ट्रक्सनले ठेक्का लिएको पश्चिमतर्फको नहर निर्माण कार्य रोकिँदा त्यसको असर रिङरोड निर्माणमा पनि परेको मेयर राणाले बताए ।
यता, सडक डिभिजन कार्यालय बाँकेले नेपालगन्ज चक्रपथको आयोजना अगाडि बढ्ने सम्भावना नभएको स्पष्ट पारेको छ । सिक्टाले बाटो दिन नमानेको र जग्गा अधिग्रहण गर्न मुआब्जा रकम नहुँदा चार वर्षअघि शुरु भएको चक्रपथ निर्माण बन्द हुने अवस्थामा पुगेको सडकले बताएको छ ।
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा